अमेरिकामा २ करोड मानिसमा कोरोना संक्रमण भएको अनुमान « Khabarhub

अमेरिकामा २ करोड मानिसमा कोरोना संक्रमण भएको अनुमान


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी स्वास्थ्य अधिकारीहरूले अमेरिकामा कम्तीमा पनि २ करोड मानिस कोरोनाबाट संक्रमित भइसकेको अनुमान गरेका छन्।

सेन्टर फर डिजिज कन्ट्रोल(सिडिसी)ले संक्रमितको वास्तविक संख्या रिपोर्ट गरिएभन्दा १० गुना बढी हुनसक्ने बताएको छ।

संक्रमित र सोका कारण अस्पताल भर्ना हुने बढेपछि टेक्सस राज्यले आफ्नो लकडाउन पूर्णरूपमा खोल्ने योजना फिर्ता गरेको बेला यो तथ्यांक आएको हो।

अमेरिकामा हालसम्म २४ लाख बढी मानिसहरूलाई संक्रमण पुष्टि भइसकेको छ भने १ लाख २२ हजार ३ सय ७० जनाको मृत्यु भइसकेको छ।

अमेरिकाका केहि दक्षिणी तथा पश्चिमी राज्यहरूमा पछिल्ला दिनमा कीर्तिमानी संख्यामा संक्रमित थपिएका छन्।

युनिभर्सिटी अफ वासिङटनले अक्टुबरसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ८० हजार पुग्ने जनाएको छ।

यसैगरी उसले ९५ प्रतिशत अमेरिकीहरूले मास्क लगाएमा भने सो संख्या १ लाख ४६ हजारमा सीमित हुनसक्ने जनाएको छ।

‘हाम्रो अहिलेको उत्कृष्ट अनुमान अनुसार एउटा केस रिपोर्ट भइसक्दा १० जना संक्रमित भइसकेका हुन्छन्’, सिडिसीका निर्देशक डा. रोबर्ट रेडफिल्डले भने।

लक्षण देखिएकाहरूको मात्र परीक्षण गरिएकाले यस्तो भएको उनको भनाइ छ। ‘हामीले अपनाएको विधिबाट हामीले मार्च, एप्रिल र मे महिनामा हामीले सम्भवत: महामारीको १० प्रतिशत मात्र पहिचान गर्न सक्यौँ होला’, उनले भने।

डा. रेडफिल्डले ५ देखि ८ प्रतिशत जनसंख्या भाइरसको सम्पर्कमा आएको बताउँदै अमेरिकीहरूलाई उनले सामाजिक दुरी कायम गर्न, मास्क लगाउन र हात धुन आग्रह गरेका छन्।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  २ : ०३ बजे

एमालेको ११औँ महाधिवेशन उद्घाटन भक्तपुरको सल्लाघारीमा, बन्दसत्र राष्ट्रिय सभागृहमा

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा

निर्वाचन प्रयोजनका लागि आज दल दर्ताको अन्तिम दिन

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग

जसपा नेपालले सङ्घर्षका कार्यक्रम सुरु गर्दै, आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि सङ्घर्षका कार्यक्रम सुरु

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्तिप्रति यो

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज काठमाडौंमा भेला गर्दै

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले आज विशेष भेला (सभा)