सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि « Khabarhub

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै थप ३५ जना नयाँ संक्रमित थपिएको जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा २ सय ९३ जनाको स्बाव परीक्षण गरिएको थियो । अस्पतालले ३५ जनामा कोरोना कोभिड–१९ पुष्टि भएको जनाएको छ ।

नयाँ थपिएका संक्रमितहरू कैलालीका ७ जना, डोटीका २५ जना, वैतडीका २ जना र कञ्चनपुरका एक जना छन् ।

उनीहरू मध्ये २० देखि ६२ वर्ष सम्मका ७ जना महिला रहेका छन् भने, ६ र १२ वर्षका दुई बालक सहित १८ देखि ५० वर्ष सम्मका २८ जना पुरुष छन् ।

प्रयोगशालामा परीक्षण गरिएका ८ हजार ९ सय ९५ स्वाब परीक्षणमा ६ सय ९७ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

No photo description available.

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ३ : २१ बजे

स्याङ्जामा जीप दुर्घटना, एक जनाको मृत्यु

स्याङ्जा – स्याङ्जामा आज साँझ भएको जीप दुर्घटनामा परी एकको

पदयात्रा रोक्न टानको आग्रह

काठमाडौं – ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पदयात्रा रोक्न

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

काठमाडौं – सरकारले सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार

विराज-समीर आमनेसामने, ‘१२ गाउँ-२’को एक्सनप्रधान टिजर सार्वजनिक

काठमाडौं– बन्दुकको गोली, तीव्र भिडन्त र मारधाडका दृश्यले भरिएको नेपाली