नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो « Khabarhub

नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शुक्रबार थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ११ हजार ७५५जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ११ हजार ७५५ पुगेको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा मोरङका एकजना महिला र एकजना पुरुष, झापाका एकजना पुरुष रसुनसरीका ४ जना महिला र ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका एकजना महिला र २ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका २ महिला र १० जना पुरुष, महोत्तरीका ४ जना पुरुष, सिराहाका एक महिला र ५ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नारायणी अस्पताल वीरगंजको प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका एकजना पुरुष, बैतडीका ५ महिला र २० पुरुष, बझाङका ३ महिला र ६ जना पुरुष, बाजुराका १० जना महिला र १७ जना पुरुष, बाराका २ जना पुरुष, दार्चुलाका ३ जना पुरुष, डोटीका १७ जना महिला र २९ जना पुरुष, गोरखाका ५ जना पुरुष, कैलालीका ८ जना महिला २२ जना पुरुष, कंचनपुरका ८ जना महिला र ३४ जना पुरुष, कपिलवस्तुका एकजना महिला र ८ जना पुरुष, रौतहटका २ जना महिला र ४४ जना पुरुष र सल्यानका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा गोरखाका एकजना पुरुष, नवलपरासी पुर्वका २ जना पुरुष, नुवाकोटका एकजना पुरुष र काठमाडौंका ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २ महिाल र १० जना पुरुष, कैलालीका एकजना पुरुष, नवलपरासी पुर्वका २ महिला र १९ पुरुष, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा गुल्मीका ४ महिला र ८ जना पुरुष, कपिलवस्तुका २ जना महिला र ६ जना पुरुष, रौतहटका एकजना महिला र ४ जना पुरुष र सिन्धुलीका ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा रौतहटका एक महिला र ४ जना पुरुष र सिन्धुलीका ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका एनना महिला र एकजना पुरुष, लमजुङका ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका एकजना पुरुष, तनहुँका २ जना पुरुष र स्याङ्जाका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका २ महिला र एकजना पुरुष, गुल्मीका २ महिला र ११ जना पुरुष, कपिलवस्तुका एकजना महिला र ३ जना पुरुष, पाल्पाका एकजना महिला र ७५ पुरुष
नवलपरासीका एकजना पुरुष, रुपन्देहीका ४ महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा दाङका १४ जना महिला र ६१ जना पुरुष र प्युठानका २० जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ५ जना पुरुष,जाजरकोटका २ जना पुरुष, मुगुका एकजना पुरुष, सल्यानका ३ जना पुरुष,  सुर्खेतका ८ जना महिला र ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णालीस्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परीक्षणमा बैतडीका एकजना जुम्लाका एक महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४८ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २६९८ गेको छ । जसमध्ये महिला ८ र पुरुष ४० रहेका छन् ।

नेपालमा हालसम्म ७६ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ४ : २१ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान