दाङमा अचेत अवस्थामा भेटिएर मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि « Khabarhub

दाङमा अचेत अवस्थामा भेटिएर मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दाङमा अचेत अवस्थामा भेटिएकी महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।राप्ती अस्पताल नजिकै प्रहरीले फेला परेकी उनको उपचारका लागि राप्ति अस्पताल लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मृत्युपछि उनको स्वाबको नमुना परीक्षणका लागि लगिएकोमा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

अन्दाजी ३० वर्षकी उनको कोरोनाका कारण मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।

११ असारमा स्वाब संकलन गरी जाँच गर्दा १२ असारमा नतिजा पोजेटिभ आएको थियो । ती महिलाको परिचय अझै खुल्न सकेको छैन । उनको बारेमा जानकारी लिने प्रयास भइरहेको डा. गौतमले बताए ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना पुष्टि भएको छ। जसमा १०७ महिला र ४८६ पुरुष रहेको प्रवक्ता गौतमले बताए।

योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ। जसमा १२ सय ४९ महिला र १० हजार ५०६ पुरुष रहेका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा जम्मा ४८ जना उपचारपछि निको भएर घर फर्केका छन्।

हालसम्म नेपालका ७६ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको उनले बताए ।

 

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ५ : ०८ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि