नेपालको जनसंख्या तीन करोड नाघ्यो « Khabarhub

नेपालको जनसंख्या तीन करोड नाघ्यो


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको जनसंख्या शुक्रबारदेखि औपचारिक रुपमा तीन करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार देशको जनसंख्या तीन करोड ६३४ पुगेको छ ।

विभागले राष्ट्रिय जनगणना, २०६८ को जन्म, मृत्यु र बसाइँसराइ दरको तथ्यांकमा आधारित भएर मुलुकको जनसंख्या तीन करोड ६३४ पुगेको जानकारी दिएको हो । राष्ट्रिय जनगणना, २०६८ को नतिजाअनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो ।

आगामी वर्ष १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ हुँदैछ । विभागले त्यससम्बन्धी कार्यतालिका स्वीकृत गरिसकेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलको अध्यक्षतामा गत साता सम्पन्न राष्ट्रिय जनगणना निर्देशक समितिको बैठकले उक्त कार्यतालिका स्वीकृत गरेको हो ।

कार्यतालिकाअनुसार यही असार १५ गतेदेखि जनगणनाको प्रश्नावली तयारी थालेर स्थानीय तहअनुसार जनगणनाको तालीम, तथ्यांक प्रशोधन केन्द्रको तयारी, ‘अनलाइन’ मार्फत गणक तथा सुपरीवेक्षकको आवेदन, उनीहरूलाई तालीम, जनगणनाको सामग्री जिल्ला–जिल्ला पठाउने, प्रदेश तथा जिल्ला जनगणना कार्यालय स्थापना, प्रारम्भिक तथा अन्तिम नतिजा र २०८० वैशाखभित्र विषयगत प्रतिवेदन सार्वजनिक गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

विभागले हरेक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ५ : ४८ बजे

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै

मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खायो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

रविको चिन्ता : घण्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले

‘हामीले बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्षको योजना बनाउन थालौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र