लागुऔषध कारोबारमा संलग्न प्रहरी निरीक्षकसहित पाँच पक्राउ « Khabarhub

लागुऔषध कारोबारमा संलग्न प्रहरी निरीक्षकसहित पाँच पक्राउ


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लागुऔषधको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरी निरीक्षकसहित पाँ जना पक्राउ परेका छन् ।

लागु औषध नियन्त्रण ब्युरोको टोलीले नेपालगञ्ज घर भई हाल ललितपुर प्रहरी परिसरमा दरबन्दी रहेका प्रहरी निरीक्षक रुद्रबहादर शाहसहित पाँच जनालाई पक्राउ परेका हुन् ।

पक्राउ पर्ने अन्य ब्यक्तिहरुमा उदयपुरको त्रियुगा नगरपालिका ११ का बर्ष ३६ का एलिसन बस्नेत, बर्दियाको ठाकुरबाबा नगरपालिका ३ का सन्तोष कुमार शाह, काठमाडौं महानगरपालिका १ नारायणचौर नक्सालका वर्ष ४८ का भुपेश शेरचन, काठमाडौं ३० ज्ञानेश्वरका अभिनास थपलिया रहेका छन ।

उनीहरु सबैलाई काठमाडौं महानगरपालिका वडा नम्बर ३२ पुरानो सिनामङ्गलस्थित सन्तोष कुमार शाहको घरबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट प्रहरीले मनोद्विपक लागू औषध डायलेक्स डिसि ६ सय ६० बोतल, नाइट्राभेट ११ सय ४० ट्याब्लेट्स, स्पामोप्रोक्सिभोन३ सय ३० क्याप्सुल र नगद १ लाख रुपैया बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई सार्वजनिक गर्दै ब्युरोले उनीहरुलाई लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ६ : ४१ बजे

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै

मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खायो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

रविको चिन्ता : घण्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले

‘हामीले बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्षको योजना बनाउन थालौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र