विदेशमा अलपत्र १ हजार नेपाली आज फर्किए, कुन देशबाट कति ? « Khabarhub

विदेशमा अलपत्र १ हजार नेपाली आज फर्किए, कुन देशबाट कति ?


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारीका कारण विभिन्न देशमा अलपत्र परेका १ हजार बढी नेपालीको आज उद्धार गरिएको छ ।

आज विभिन्न देशबाट एक हजार ३ जना नेपाली स्वदेश फर्किएका छन् । उनीहरुसँगै  विदेशमा ज्यान गुमाएका १६ नेपालीको शव पनि ल्याइएको छ ।

मलेसियाको क्वालालाम्पुरबाट आजै सबैभन्दा धेरै नेपाली आएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मलेसियाको क्लालाम्पुरबाट नेपाल एअरलाइन्सको चार्टर्ड जहाजबाट १४ शवसहित २४५ जना र अर्को हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १४८ नेपालीसहित एक शव स्वदेश ल्याइएको छ ।

यस्तै यूएईको सारजहाबाट एअर अरेबियाको चार्टर्ड उडानमार्फत १६८ जना स्वदेश फर्किएका छन् भने बहराइनबाट नेपाल एअरलाइन्सका दुई चार्टर्ड उडानमार्फत २७३ जना नेपाली स्वदेश आइपुगेका छन् ।

बहराइनबाट एक नेपालीको शव ल्याइएको छ ।

कुवेतमा आममाफीमा सहभागी १६० जना नेपाली पनि आज स्वदेश फर्किएका छन् । उनीहरुलाई कुवेत सरकारले नै जजिर एअरको चार्टर्ड जहाजमार्फत नेपाल फर्काएको हो ।

यस्तै आज नेपाली लिन नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सका जहाज विभिन्न देशमा गएका छन् । नेपाल एअरलाइन्सका जहाज हङ्कङ, अस्ट्रेलियाको मेलवर्न, यूएईको दुबई र साउदीको रियाद जाँदैछन् ।

हिमालय एअरलाइन्सको चार्टर्ड जहाज भने यूएईको आबुधाबी र साउदीको दमाम जाँदैछ । आज गएको जहाजले भोलि नेपाली लिएर फर्कने छ ।

नेपाली ल्याउन, लिन जान र कार्गो जहाजसहित आज त्रिभुवन विमानस्थलमा १६ वटा अन्तर्राष्ट्रिय उडान भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ७ : २१ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका