मंगोलियामा सत्तारुढ मंगोलियन पिपुल्स पार्टी विजयी « Khabarhub

मंगोलियामा सत्तारुढ मंगोलियन पिपुल्स पार्टी विजयी


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उलानबटोर  मंगोलियाको निर्वाचन आयोगले सत्तारुढ मंगोलियन पिपुल्स पार्टीले अत्यधिक बहुमतसहित संसदीय निर्वाचनमा विजयी भएको जनाएको छ।

आयोगका अनुसार मंगोलियन पिपुल्स पार्टीले संसदको कूल ७६ स्थानमध्ये ६२ स्थानमा जितेको छ। सत्तारुढ दलको यो लगातार दोस्रो जित हो।

सत्तारुढ दलले कूल खसेको मतको झण्डै आधा मत प्राप्त गरेको थियो । मंगोलियन पिपुल्स पार्टीले कोरोनाभाइरस महामारीकै बीचमा पनि गाउँगाउँमा व्यापक चुनाव प्रचार गरेको थियो। बुधबार सम्पन्न उक्त निर्वाचनमा मंगोलियाका करिब २० लाख मतदातामध्ये दुई तिहाईले मतदानमा भाग लिएका थिए।

छिमेकी मुलुक चीनमा कोरोनाभाइरस देखिएलगत्तै मंगोलियाले गत जनवरीमै चीनसँगको सीमा बन्द गरेको थियो। जनसंख्या सानो भएपनि व्यापक फैलिएको बस्तीभित्र कोरोनाभाइरसको प्रसार हुन नपाएको स्वास्थ्य अधिकारीहरुको भनाई छ।

तैपनि मंगोलियामा २१९ जनामा कोरोना संक्रमण देखिएको थियो, र यो सबै विदेशबाट आएका व्यक्तिमा देखिएको थियो।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ८ : ०७ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले