अप्ठ्यारोमा परेका श्रमिकको चाँडै उद्धार गरियोस् : कांग्रेस « Khabarhub

अप्ठ्यारोमा परेका श्रमिकको चाँडै उद्धार गरियोस् : कांग्रेस


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेपाली कांग्रेसले विदेशमा काम गर्न गएर अलपत्र परेका, समस्यामा परेका, भिसा र करारको म्याद सकिएका कामदारलाई जति सक्दो छिटो स्वदेश ल्याउनका लागि अविलम्ब पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभा सांसद एवं कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाउँदै त्यस्ता कामदारको उद्धार गर्न सर्वप्रथम जुन कम्पनीमा कामदार कार्यरत छन्, तिनैलाई उद्धार गर्न लगाउनुपर्ने उल्लेख गरेका छन् ।

सम्बन्धित कम्पनीले उद्धार गर्न सकेन वा चाहेन भने सम्बन्धित देशको सरकारलाई गराउनुपर्ने र सम्बन्धित देशको सरकारले पनि गरेन भने ढिलाई नगरी नेपाल सरकारले उद्धार गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा गएर अलपत्र परेका कामदारलाई उद्धार गर्ने अन्य कुनै कोष वा सहयोग नभएमा सर्वोच्च अदालतले यही असार १ गते गरेको अन्तरिम आदेशअनुसार राज्य कोषबाट प्राथमिकताका आधारमा तत्काल उद्धार गर्नुपर्ने पत्रमा उल्लेख छ ।

कोभिड–१९ बाहेकको कारण समस्यामा परेका, बिरामी, घाइते, गर्भवती, सुत्केरी तथा अन्य नेपाली कामदारको उद्धारका लागि पनि पहिला कम्पनी, त्यसपछि सम्बन्धित देशको सरकार र नभए नेपाल सरकारले उद्धार गर्न अविलम्ब कार्ययोजना ल्याउन ध्यानाकर्षण पत्रमा आग्रह गरिएको छ ।

सांसद सङ्ग्रौलाले विदेशबाट नेपाली कामदारको उद्धार गरेर ल्याउनु अघि उनीहरुले पाउनुपर्ने तलब, बीमा, उपदान, बिरामी बिदालगायतका सुविधा पाए/नपाएको पत्ता लगाएर नपाएको भए सरोकारवाला कम्पनीहरुलाई दिन लगाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

स्वदेश ल्याइसकेपछि सक्ने कामदारले क्वारेन्टिनको व्यवस्था आफैँ गर्ने र नसक्ने कामदारका लागि सम्बन्धित प्रदेश सरकार तथा पालिकाहरुसँग समन्वय गरी निःशुल्क क्वारेन्टिनको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

कोरोना बाहेकका कारणले ज्यान गुमाएका नेपाली श्रमिकहरुको शव व्यवस्थापन तत्कालै गर्न आवश्यक रहेको र दाहसंस्कारका लागि स्वदेश ल्याउने वा सम्बन्धित मुलुकमै गर्ने विषयमा परिवारसँग स्वीकृत लिई सो काममा ढिलाइ गर्न नहुने सो ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

तत्काल नेपाल फर्किन नचाहने तथा गन्तव्य मुलुकमा काम गरिरहेका श्रमिकहरुको हक, उनीहरुको खाना, बस्न, औषधोपचार, तलबलगायतको सेवा सुविधाको ग्यारेन्टी भए/नभएको सम्बन्धित नेपाली दूतावासमार्फत बुझ्न लगाई यदि ती सुविधा नभएको भए दिलाउने व्यवस्था गर्नसमेत उनले सरकारको ध्यानाकर्षण गराए ।

कोरोनाका कारण विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई तत्काल सुरक्षित रूपमा स्वदेश फिर्ता गर्न कांग्रेस सांसदहरु गगनकुमार थापा प्रस्तावक तथा प्रकाश स्नेही र सङ्ग्रौला समर्थक रहेको सार्वजनिक महत्वको प्रस्ताव गत वैशाख २९ गते प्रतिनिधिसभामा दर्ता गरिएको थियो ।

त्यस्तै सांसद सङ्ग्रौलाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई यसअघि दुई महिनामा दुई पटक भेटेर विदेशमा अलपत्र परेका नेपालीलाई छिटो स्वदेश फिर्ता ल्याउनेबारे ज्ञापनपत्र बुझाइसकेको जानकारी गराए ।

त्यसयता सरकारले चार्टर्ड उडान गरी खाडीलगायतका मुलुकहरुबाट नेपालीहरूलाई स्वदेश ल्याउने क्रम शुरु गरिसकेको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ९ : ०० बजे

सुकुम्वासीमाथि सरकारी व्यवहारप्रति दयाहाङको असन्तुष्टि : गरिबी पो लुकाउन सकिँदोरहेनछ

काठमाडौं- मिसाइल र बम हानिएको शैलीमा सरकारले सुकुम्वासी बस्तीहरू ध्वस्त

एक करोडमा वडा कार्यालय भवन निर्माण

ढोरपाटन– स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह गर्दै आएको 

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग

काठमाडौं– गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर बनेका संरचना खाली

वितरकसँगको ५० लाख विवादमा बोले भुवन, भन्छन् – चुक्ता गर्छु 

काठमाडौं – वितरकसँगको आर्थिक कारोबारको विवादबारे नायक भुवन केसीले मुख

रास्वपाबाट स्थानीय चुनाव लड्नेले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने

काठमाडौं- आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को