जाजरकोटका एकल महिलालाई सोलार वितरण « Khabarhub

जाजरकोटका एकल महिलालाई सोलार वितरण


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – गरीब, विपन्न तथा समस्यमा परेका एकल महिलालाई जाजरकोट नलगाड नगरपालिकाले सोलार वितरण गरेको छ ।

१३ वडाका २६ महिलालाई सोलार वितरण गरिएको छ । सबै वडाका दुई/दुई जनालाई ८० वाटको सोलार वितरण गरिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए ।

एकल महिलासँग उपप्रमुख कर्यक्रमअन्तर्गत सोलार वितरण गरिएको नगर प्रवक्ता राममाया हमालले बताए । एकल महिलाले अर्थाभावमा  छोराछोरी पढाउन सल्लीको दियालो प्रयोग गर्ने अवस्थालाई अन्त्य गर्न  विपन्नलाई सोलार वितरण गरेको उनले जानकारी दिए ।

प्रत्येक वडामा नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षको सहभागितामा सोलार वितरण गरिएको हो । अधिकांश गरिब परिवारमा अझै पनि सल्लीको दियालो भर पर्नुपर्ने अवस्था रहेको छ । आर्थिकरूपमा पछि परेका एकल महिलालाई छोराछोरीको पढाइ, पालनपोषणमा तथा आधारभूत आवश्यकता पूरा गर्न समस्या परिरहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ८ : ५९ बजे

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र

अर्थमन्त्रीको दाबी : इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र-मैत्री छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा