अमेरिकाको टेक्समा ‘हाना’ समुद्री आँधीको उच्च प्रभाव, भारी वर्षा र हुरिवतासको चेतावनी « Khabarhub

अमेरिकाको टेक्समा ‘हाना’ समुद्री आँधीको उच्च प्रभाव, भारी वर्षा र हुरिवतासको चेतावनी


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकाको दक्षिण टेक्ससमा ‘हाना’ समुद्री आँधीपछि हुरीबताससहित भारी वर्षाको चेतावनी दिइएको छ ।

गभर्नर ग्रिग अबोटले ३२ वटा काउन्टी भनिने स्थानीय निकायका नाममा विपद् घोषणा गरेका छन् । उनले कोरोनाभाइरस महामारी चलिरहेकै बेला आँधीलेसमेत आपत्‌कालीन सेवाहरूलाई जटिल बनाउने बताएका छन्।

शनिवार नै ‘हाना’ समुद्री आँधी पड्री टापुमा बज्रिएको थियो। जुन अहिले कोर्पस क्रिस्टी र ब्राउन्सभिल शहरबीचमा प्रभाव जमाइरहेको बीबीसीले जनाएको छ।

प्रतिघण्टा १४५ किलोमिटरसम्मको वेगमा आएको आँधीले घरका छाना उडाएको छ। नेशनल हुरिक्यान सेन्टर (एनएचसीले) घातक आँधी टेक्ससको तटमा पोर्ट म्यान्सफिल्डदेखि सर्जेन्टसम्म फैलने भन्दै मानिसहरूलाई सजग गराएको छ।

त्यसैगरी अर्को छुट्टै डोग्लास समुद्री आँधी समेत प्रतिघण्टा १४५ किलोमिटरकै वेगमा प्रशान्त क्षेत्रको हवाईतर्फ आइरहेको बताउँदै एनएचसीले त्यस क्षेत्रका मानिसहरूलाई सचेत गराएको छ।

राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत् आँधीलाई नजिकबाट नियालीरहेको र दुवै राज्यसँग निकटमा रहेर काम गर्ने बताएका छन्।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ९ : ४० बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क