बाटोमा भेटेको पैसा टिप्ने कि छाड्ने ? « Khabarhub

बाटोमा भेटेको पैसा टिप्ने कि छाड्ने ?


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अक्सर सपनामा बाटोमा पैसा भेटिएको देखिन्छ । धेरैको कल्पनामा बाटोमा हिड्दा हिड्दै पैसा भेट्ने सपना पनि हुनसक्छ । र कतिपय अवस्थामा साच्चै बाटोमा पैसा पनि भेटिने गर्दछ । तर के बाटोमा भेटिएको पैसा टिप्नु हुन्छ त ?

कतिपयले बाटोमा भेटिएको पैसालाई शुभ मान्दछन् भने केहिले यसलाई अशुभको प्रतिक मान्दछन् । हिन्दु धर्ममा धनलाई लक्ष्मीका रुपमा मान्ने गरिन्छ ।

यसर्थ अप्रत्याशित रुपमा पाइने पैसा अर्थात धनलाई लक्ष्मीको रुप ठानेर राम्रो मानिने गरिन्छ । तसर्थ केहिले बाटोमा भेटिएको पैसालाई लक्ष्मी कृपा मान्दछन् ।

त्यस्तै कतिपय मानिस बाटोमा भेटिएको पैसालाई अशुभ मान्दछन् । उनीहरुको मान्यता अनुसार बाटो अर्थात जमिनमा भेटिएको पैसा जो व्यक्तिको हातमा पुग्दछ यसले हानि गराउँछ ।

तसर्थ यसलाई टिप्नु हुदैन । यदि बाटोमा भेटिएको पैसा टिप्यो भने शरीरमा भएको उर्जा सो पैसाको माध्यमबाट जति जति एकबाट अर्काे ब्यक्तिमा पैसा जान्छ त्यति नै उर्जा घट्दै जान्छ । त्यसैले उनीहरु यसरी भेटिएको पैसा लिन नहुने तर्क गर्दछन् ।

त्यसो भए बाटोमा भेटिएको पैसालाई के गर्ने ?
यदि बाटोमा हिड्दा बाटोमा पैसा भेटियो भने मानवियता र ब्यवहारीकताका आधारमा जसले त्यो पैसा हरायो त्यसको खोजि गरी भेटेर फर्काउनु परोकार हुन्छ ।

जुन पैसा आफ्नो होइन त्यसबारे लोभ पाल्नु उपयुक्त हुदैन । यदि हराउने ब्यक्तिको पहिचान गर्न सकिएन भने यसको जानकारी सामाजिक सञ्जाल लगायत अन्य माध्यमबाट दिएर उसलाई फर्काउने प्रयाश गर्न सकिन्छ ।

यदि त्यो पनि सम्भव नभए कुनै परोपकारी काम, दान वा धार्मिक काममा लगाउन सकिन्छ । यसमा पैसा भेट्ने मानिसको नियत र स्वभाव नै मुख्य मानिन्छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ७ : ४३ बजे

‘विवादित पात्रलाई जेन-जीको मञ्चमा किन ल्याइयो, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले जेनजी सहिदहरूको स्मृति सभाको

रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन