पूर्वडीआईजी कोइरालाको मुद्दा तीन न्यायाधीशको इजलासमा « Khabarhub

पूर्वडीआईजी कोइरालाको मुद्दा तीन न्यायाधीशको इजलासमा


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकनमाथि आज सुनुवाइ शुरु भएको छ ।

यो मुद्दा न्यायाधीशत्रय वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी सम्मिलित पूर्ण इजलाशमा सुनुवाइ शुरु भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले पूर्वडीआईजी कोइरालाको मुद्दाको सजाय कटौती गरेपछि यो विषय विवादित बनेको छ ।

पत्नी गीताको हत्या गरेका कोइरालालाई जिल्ला अदालत र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

तर, जबरा र केसीले कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेपछि यसको चौतर्फी विवाद भइरहेको छ । सर्वोच्चको फैसलाअनुसार साउन ८ मा कोइराला रिहा भइसकेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  १० : २७ बजे

सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

मुस्ताङ– केही दिन अघिको भारी वर्षापछिको बाढी पहिरो र नदी

कांग्रेसको १५ औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी, भौतिक प्रचारमा पूर्ण रोक

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा तडकभडक र भौतिक

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं– कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौंस्थीत रमदा अन्कोर बाइ विइन्डम

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा- धनुषाको बटेश्वर गाउँपालिका ३ र ४ साविक बटेश्वर गा.वि.स

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको