पूर्व डीआईजी कोइरालाको सजाय घटाउने सर्वोच्चको फैसला पुनरावलोकन हुने « Khabarhub

पूर्व डीआईजी कोइरालाको सजाय घटाउने सर्वोच्चको फैसला पुनरावलोकन हुने


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको फैसला पुनरावलोकन हुने भएको छ ।

कोइरालाको सजाय घटाउने सर्वोच्चको फैसला त्रुटीपूर्ण रहेको निष्कर्षसहित महान्यायाधिवक्ताको कार्यालयले उनी रिहा भएकै दिन पुनरावलोकन निवेदन दर्ता गराएको थियो ।

न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अनुमति दिने आदेश सुनाएको हो ।

आफ्नै श्रीमती हत्या गरेका कोइरालालाई जिल्ला र पुनरावेदन अदालतले जन्मकैदको फैसला सुनाएको भएपनि प्रधानन्यायधीश राणा र न्यायाधीश तेजबहादुर केसीको इजलाशले सजाय घठाउने फैसला गरेको थियो ।

प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीले असार १५ गते कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । सर्वोच्चको फैसलापछि साउन ८ गते रिहा भएका छन् ।

इजलाशको अनुमतिपछि अब कोइरालको मुद्दा फेरि अदालती प्रक्रियामा प्रवेश गरेको छ ।

अब हुने सुनुवाइमा प्रधानन्याधीशसहितका न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, सुष्मालता माथेमा, डाक्टर मनोजकुमार शर्मा, डाक्टर आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लसहित आजको इजलाशमा सहभागी न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी लगाएतका १० जना न्यायाधीशहरूले हेर्न नमिल्ने सर्वोच्चले जनाएको छ ।

अदालतमा रहेका १९ जना न्यायाधीशमध्ये १० जनाले हेर्न नमिल्ने भएपछि बाँकी ९ जनामध्येका पाँच जनाले मुद्धाको सुनुवाइ गर्नेछन् ।

यस्तो छ आदेश

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  १ : ४१ बजे

प्रलोपाको अध्यक्ष परिषद् सदस्य सुदन किरातीले दिए राजीनामा

काठमाडौँ – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्य

परराष्ट्रमन्त्री खनाललाई रुसी समकक्षीको बधाई

काठमाडौँ– रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले नेपालको परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त

गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

महावीर पुन सांसद भएर पनि किन किताब बेच्छन् ?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक

बैतडीको श्रीपुर स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन

बैतडी– महामारी तथा विपदका बेला सूचना आदानप्रदान गर्न शिवनाथ गाउँपालिका–३