साउन १५ देखि होटल व्यवसाय खुलाउन के हुँदैछ तयारी « Khabarhub

साउन १५ देखि होटल व्यवसाय खुलाउन के हुँदैछ तयारी


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले साउन १५ गतदेखि होटल व्यवसाय खोल्ने निणर्य गरेपछि होटल व्यवसायीहरु तयारीमा जुटेका छन् ।

सरकारले लकडाउन अन्त्य घोषणा गरेसँगै होटल व्यवसायीहरुले होटल संचालनका लागि पूर्व तयारी सुरु गरेका हुन् ।

कोरोना संक्रमणका कारण सरकारले गत चैत ११ गतेदेखि मुलुकभरी लकडाउन गरेको थियो । सो बेलादेखि उद्योग व्यवसाय लगायतका सम्पूर्ण क्षेत्र ठप्प थिए ।

सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो बनाउँदै विभिन्न उद्योग व्यवसाय खोल्न अनुमति दिएको थियो । तर होटल व्यवसाय भने खुल्न सकेको थिएन । अन्य व्यवासयले विस्तारै गति लिँदै गर्दा होटल व्यवसायले पनि तयारी सुरु गरेको होटल एशोसियशन अफ नेपाल (हान) का वरिष्ठ उपाध्याक्ष विनायक शाहले बताए ।

लामो समयदेखि बन्द अवस्थामा रहेका होटल व्यवसाय स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गर्दै सञ्चालन गर्ने तयारीमा ब्यबसायी जुटेको वरिष्ठ उपाध्यक्ष शाहको भनाइ छ । कोरोना संक्रमणका कारण होटल पूर्णरूपमा ठप्प हुँदा काम गर्ने साना ठूला दर्जाका सम्पूर्ण कर्मचारी विदामा बसेका थिए ।

सुरुमा कुल क्षमताको १० प्रतिशत मात्रै कर्मचारी बोलाएर होटल सञ्चालन गर्ने तयारी भइरहेको छ । वरिष्ठ उपाध्यक्ष शाहका अनुसार एक तारेदेखि तीन तारेसम्मका होटलहरू खोल्ने तयारी भइरहेको छ ।

होटल व्यवसाय पर्यटक बिना संचालन हुन नसक्ने अवस्था भएपनि यत्तिकै लामो समयसम्म बस्दा समस्या पर्ने भन्दै खोल्न लागेको उनले बताए । संक्रमण कम भएर अवस्थामा सामान्य हुन थालेपछि पर्यटक पनि भित्रिने भएकाले पाँचतारे स्तरका होटल खोल्ने हानको भनाइ छ ।

सरकारले आगामी भदौ १ गतेदेखि हवाई उडान सुरु गर्ने निर्णय गरेको छ । लामो दुरीका सार्वजनिक सवारी साधान पनि भदौ १ देखि नै संचालन हुँदैछन् । त्यसपछि केही मात्रामा आन्तरिक पर्यटक आउन सक्ने संभावना छ । कोरोनाको कारण बाह्य पर्यटक भने तत्काल नआउने सम्भावना कम रहेको हानको अनुमान छ ।

होटलमा काम गर्ने कर्मचारीलाई विश्व स्वास्थ्य संगठनको सुरक्षा विधीलाई कसरी कार्यान्वयन गर्ने भनेर सिकांइँदैछ । हवाई उडान र लामो दुरीका सार्वजनिक सवारी साधान संचालनमा आएपछि पर्यटक बढ्ने अनुमान हानले गरेको छ ।
अन्य व्यवसाय जस्तै होटल व्यवसायलाई पनि चलायमान बनाउन उच्च रुपमा स्वास्थ्य सम्बन्धी उपायमा जोड दिइएको छ ।

शाहले भने, ‘अब पर्यटकले सबैभन्दा पहिले स्वास्थ्य संबन्धी उपाय कसरी गरेको छ भनेर हेर्छन,त्यसैले उच्च सतर्कता अपनाउनुपर्छ ।’

कोरोना संक्रमणका कारण राजधानीका मात्रै होइनन्, राजधानी बाहिर विभिन्न शहरहरुकाम होटल व्यवसाय तथा मुख्य पर्यटकीय गन्तब्यहरु सबै ठप्प अवस्थामा छन् ।

उनीहरुलाई कहिले लकडाउन खुल्ला र व्यवसाय सञ्चालन गरौँला भन्ने हतार छ । पर्यटन व्यवसायलाई कोरोनाले सबैभन्दा बढी प्रभावित बनाएकाले सरकारले पुर्नकर्जाको पनि व्यवस्था गरेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ३ : ३५ बजे

एमालेले ओली-लेखकको मुद्दा उठाउँदा कांग्रेस र अन्य प्रतिपक्षी मौन

काठमाडौं- नेकपा एमालेले बिहीबार सुरू भएको दुवै सदनको बैठकमा नेकपा

शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन महावीर पुनले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले नेपालको शिक्षा क्षेत्रलाई प्रभावकारी

राष्ट्रियसभा बैठक : कामका आधारमा सरकारको मूल्यांकन गरिने

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले नव गठित सरकारलाई रचनात्मक सहयोग

रामबहादुरले टिओबीको नाम लिँदा गृहमन्त्री गुरुङ डराएझैँ गरेर रिसाए ?

काठमाडौं– एमाले उपाध्यक्ष रामबहादुर थापाले संसदमा टिओबीको नाम लिँदा गृहमन्त्री

गृहमन्त्रीले प्रतिनिधिसभामा पेस गरे तीन अध्यादेश, अर्को बैठक चैत्र २२ गते

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेस गरेका