आज काठमाडौंका ८ सहित थपिए १३० संक्रमित, ७५ डिस्चार्ज (विवरणसहित) « Khabarhub

आज काठमाडौंका ८ सहित थपिए १३० संक्रमित, ७५ डिस्चार्ज (विवरणसहित)


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा आइतबार थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ४४० रहेको छ ।

जसमध्ये प्रदेश १ मा १८६ जना, प्रदेश २ मा १ हजार ८ सय७३जना, बागमती प्रदेशका ४४४ जना, गण्डकी प्रदेशमा २९४ जना, प्रदेश ५का ३५८ जना, कर्णाली प्रदेशमा ३६६जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय १८जना रहेका छन्।

आज कहाँ कति थपिए ?

डा गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना, मोरङका एकजना, इलामका ८ जना र सिराहाका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका २ जना, उदयपुरका एकजना, तेह्रथुमका १ जना र मोरङका २३ जना संक्रमित थपिएका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका एकजना र महोत्तरीका २ जना, नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा पर्साका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

डा गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा दाङका एकजना, काठमाडौंका २ जना,नुवाकोटका एकजना र सोलुखुम्बुका २ जना पनि संक्रमित भएका छन् ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना र पर्साका ३ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका २ जना, रौतहटका एकजना र मकवानपुरका एकजना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा बाराका एकजना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा कास्कीका एकजना, काठमाडौंका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा गोरखाका २ जना, कास्कीका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देहीका एकजना र अर्घाखाँचीका  १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका २ जना बर्दियाका ६ जना र जुम्लाका एकजनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा रोल्पाका ३ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका एकजना र सुर्खेतका ३ जना, दैलेख प्रयोगशालामा दैलेखका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका १४ जना, बाजुराका ३ जना कंचनपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा थप ७५ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १३ हजार १२८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

क्वारेन्टाइनमा रहनेको संख्या १७ हजार ९०३ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार ४ सय ४० जनाको उपचार भइराखेको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ४ : ५० बजे

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको