स्वास्थ्यमन्त्रीले भेटे एसिड आक्रमणकी घाइते युवतीलाई « Khabarhub

स्वास्थ्यमन्त्रीले भेटे एसिड आक्रमणकी घाइते युवतीलाई


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले एसिड प्रहारबाट घाइते युवतीको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिएका छन् ।

मन्त्री ढकालले आज कीर्तिपुर अस्पताल पुगी उपचाररत पीडित युवतीलाई भेटेर उनको उपचारमा सरकारले सक्दो सहयोग गर्ने बताए ।

‘तपाईँको उपचारमा सरकारका तर्फबाट सक्दो सहयोग हुन्छ’, पीडितसित कुरा गर्दै उनले भने, ‘घटनामा संलग्नलाई हदैसम्मको कारवाही हुन्छ ।’

सो क्रममा मन्त्री ढकालले पीडितका आफन्त तथा चिकित्सकसित उपचारबारे जानकारी लिएका थिए। उनीसंगै सांसद यज्ञराज सुनुवार पनि पीडितलाई भेट्न अस्पताल पुगेका थिए।

स्थानीय सीतापाइलामा बस्दै आएकी ओखलढुङ्गाकी २२ वर्षीया युवतीलाई बिहीबार साँझ भारतको विहार घर भई डल्लु बस्दै आएका फैयाज आलमले एसिड प्रहार गरेका थिए।

फैयाजलाई उनीसँगै बस्दै आएका रौतहट लक्ष्मीपुर–४ का मोहम्मद आलमले युवतीमाथि एसिड छ्याप्न लगाएका थिए ।

दुवै अभियुक्तलाई प्रहरीले बिहीबार राति नै डल्लुबाट पक्राउ गरेको थियो। प्रहरी कल डिटेल र सिसी क्यामराको सहायताले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो। मोहम्मद काठमाडौँको एक कपडा कारखानाका मालिक तथा फैयाज कामदार भएको खुलेको छ। पीडित युवती र उनकी दिदी पहिला मोहम्मदकै गार्मेन्टमा काम गर्दथे। पछि पीडित युवतीले उक्त कारखनामा काम गर्न छाडेकी थिइन्।

पीडित युवतीको उपचारमा संलग्न चिकित्सक डा सुरेन्द्र बस्नेतले उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गएको बताए।

‘पहिलाभन्दा अहिले घाउ ठीक हुँदै गएको छ’, उनले भने।

उपचारमा केही समय लाग्ने बस्नेतको भनाइ थियो। एसिड प्रहारबाट युवतीको अनुहारको दायाँपट्टिको भाग जलेको छ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  १० : ५० बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा