कुवेतबाट नेपाल एयरलाइन्सले अगष्ट २८ र ३१ तारिखमा उडान गर्ने « Khabarhub

कुवेतबाट नेपाल एयरलाइन्सले अगष्ट २८ र ३१ तारिखमा उडान गर्ने



दोहा : कोरोना महामारीका कारण समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउन कुवेतबाट पछिल्लो चरणमा २ वटा उडान तय भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार अगष्ट २८ र ३१ तारिखमा नेपाल एयरलाइन्सले उडान भर्ने जनाएको छ । अगष्ट २३ मा टिकट लिएका यात्रुको स्वदेश फिर्तीका लागि नेपाल एयरलाइन्सले अगष्ट २८ मा उडान भर्ने भएको छ । अगष्ट २८ मा यात्रा गर्नका लागि आफ्नो टिकट र होटल बुकिङ्ग पुनः प्रमाणित गर्न दूतावासले अनुरोध गरेको छ ।

अगष्ट २३ को उडान रद्द भएका कारण त्यस उडानमार्फत नेपाल फर्कने टिकट लिएका यात्रुले आज होटल र आफूसँग भएको टिकट आफ्नो प्रतिनिधिमार्फत पुनः प्रमाणिकरण गर्न समेत दूतावासले जनाएको छ ।

नेपाल सरकारले तोके अनुसार नेपालमा पुगेपछि अनिवार्य सात दिनसम्म होटल क्वारेन्टाइनमा बस्नुपर्ने र त्यसको खर्च आफैले तिर्ने प्रतिवद्धतासमेत टिकट खरिद गर्दाको अवस्थामै गर्नुपर्ने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  ६ : ४६ बजे

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र

एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की – जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको