काठमाडौंमा निषेधाज्ञा थप्नेबारे आज निर्णय हुँदै « Khabarhub

काठमाडौंमा निषेधाज्ञा थप्नेबारे आज निर्णय हुँदै

१७ भदौसम्म निषेधाज्ञालाई निरन्तरता दिन डीसीसीएमसीको सुझाव


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्नेबारे आज निर्णय हुने भएको छ ।

निषेधाज्ञाबारे छलफल गर्न हिजो बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने/नथप्ने बारे कुनै  निर्णय नगरे पनि आज पुनः बैठक बसेर यसबारे निर्णय लिनेछ ।

हिजो दिउँसो ३.०० बजे शुरु भएको बैठक अबेरसम्म चले पनि कुनै निर्णय नभएको र आज बिहान फेरि बैठक बस्ने काठमार्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दहालले जानकारी दिए ।

“हिजो छलफल मात्र भयो”, प्रजिअ दाहालले भने, “हामी आज फेरि बैठक बसेर आवश्यक निर्णय लिन्छौं।”

त्यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी नरायणप्रसाद भट्टले पनि हिजोको बैठकबाट निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा कुनै निर्णय नगरेको र आज पुनः बैठक बस्ने बताए ।

यसअघि हिजो दिउँसो तीनजना प्रजिअसहित बसेको काठमाडौं, ललितपुर र भक्तपुरका कोभिड-१९ जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले १७ भदौ मध्यरातसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने सिफारिस गरेको थियो।

गत साउन ३ गते राति १२ बजेदेखि लागू हुने गरी तीनै जिल्लाका प्रजिअसहितको बैठकले एक साताका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो। उक्त आदेश बुधबार (आज) राति १२ बजे सकिँदैछ।

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका हुन् ।

सङ्क्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आदेश जारी गरिएको हो।

निषेधाज्ञा जारी भएपछि अत्यावश्यकबाहेकका गतिविधि रोकिएका छन्।

यस अवधिमा अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्नसमेत निषेध गरिएको छ।

अत्यावश्यक सामग्रीलगायत मालवाहक ढुवानीका सवारीसाधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीबाहेक काठमाडौं उपत्यकाभित्र सवारी प्रवेशमा समेत निषेध गरिएको छ।

निषेधाज्ञाको समयमा पानी र औषधीजन्य सामग्रीका व्यवसाय चौबीसै घण्टा खुला गर्न पाइने र अन्य खाद्यान्न, तरकारी, फलफूल तथा दुग्धजन्य खाद्य पदार्थका व्यवसाय भने बिहान ९ : १५ सम्म मात्रै सञ्चालन गर्न पाइने काठमाडाैं प्रशासनले जनाएको छ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ७ : १२ बजे

मुकुन्डो नाच पुस्तक विमोचन

काठमाडौं– काठमाडौं, ललितपुर र भक्तपुरमा मनाइने नेवार समुदायको परम्परागत मुकुन्डो

मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु

भक्तपुर– चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलधामस्थित मत्स्यनारायण मन्दिर परिसरमा तीनसय वर्ष

सुदूरपश्चिमको सम्भावनाबारे धनगढीमा बहस : लगानी भित्र्याउन जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सम्भावनाले भरिपूर्ण रहेकाले सरकारले लगानीको वातावरण बनाउनुपर्नेमा

यातायात व्यवसायी भन्छन्- कतिपय दुर्घटना चालकको लापरबाहीले मात्र होइन, सडकको कारण पनि हुन्छ  

काठमाडौं– विश्व सडक सुरक्षा सप्ताह–२०२६ को अवसर पारेर काठमाडौं उपत्यका

सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छ : सचिव सिग्देल

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयका सचिव एवं राष्ट्रिय सडक सुरक्षा परिषद्का