आज ३ बजेदेखि बेँसीशहरमा निषेधाज्ञा | Khabarhub Khabarhub

आज ३ बजेदेखि बेँसीशहरमा निषेधाज्ञा


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेसीसहर – कोरोना सङ्क्रमण बढ्दै गएपछि गण्डकी प्रदेशअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिकामा निषेधाज्ञा लागू गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय लमजुङले आज दिउँसो ३ बजेदेखि लागू हुने गरी यही भदौ १७ गते साँझ ६ बजेसम्मको लागि नगरपालिकाको वडा नं. २, ३, ७ र ८ का बजार क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ ।

जिल्ला कोभिड­१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार स्थानीय ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन, २० दफा २ बमोजिम सो समय अवधिका लागि निषेधाज्ञा गरिएको हो ।

जिल्लामा आज मात्र नेपाली सेनामा कार्यरत २० जना र बेँसीशहर नपा वडा नं ७ र ८ का तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि बजार क्षेत्रमा समेत जोखिम बढेकाले एक हप्ता निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

उनका अनुसार अत्याश्यक बाहेकका सम्पूर्ण सेवाहरु तथा कार्यहरु बन्द रहनेछ ।

औषधि उपचार, खाद्य वस्तु खरिद, आफ्नै बारीमा कृषिजन्य कार्य गर्नेजस्ता आवश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन नपाउने भएको छ ।

त्यस्तै, एम्बुलेन्स, बिरामी बोक्ने गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने गाडी, शववाहन, फोहोरमैला व्यवस्थापन गर्ने गाडी, निर्माण सामग्री ढुवानी साधन, पशुपंछी दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्त सवारीसाधनबाहेक सबै निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाउने जिल्ला प्रशासनले जनाएको छ ।

खाद्यान्न र तरकारीको लागि भने बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाउने प्रशासनले जनाएको छ । स्वास्थ्य संस्था, अत्याश्यक सेवाका कार्यालय, सरकारी कार्यालयबाट प्रदान हुने नियमित सेवा सञ्चालन गर्ने सोका लागि न्यूनतम कर्मचारीबाट सेवा प्रवाह गर्ने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउनुपर्ने भएको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट प्रदन गर्ने एटिएमबाहेकका अन्य सेवाहरु बन्द गरिएको प्रशासनले जनाएको छ । धार्मिक, सांस्कृतिक, सामाजिक (विहाह ब्रतबन्ध) लगायतका धेरै जना जमघट तथा भेला हुने सबै प्रकारको क्रियाकलापमा गर्न नपाउने भएको छ ।

जिल्लामा हालसम्म नौ महिलासहित १३९ जना कोरोना सङ्क्रमित भएकामध्ये नौ महिलासहित १११ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । केही दिनअघिदेखि उपचारत् ५ र आज थपिएको २३ जना गरी २८ जना कोरोना सङ्क्रमित विभिन्न आइसोलेसनमा उपचारत रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  २ : ५८ बजे

भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : सांसद पराजुली

काठमाडौं– रास्वपा सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीले जवाफ

राष्ट्रियसभामा पनि गृहमन्त्रीको राजीनामा माग

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा पनि गृहमन्त्रीको राजीनामा माग गरिएको छ

पछिल्लो कठिन परीक्षणमा स्टारसिप मेगारकेट हिन्द महासागरमा विस्फोट

अमेरिका– स्पेसएक्सको प्रोटोटाइप स्टारसिप मंगलबार हिन्द महासागरमा विस्फोट भएको छ

उत्पादनअघि आईपीओ जारी गर्न नदिँदा जलविद्युत क्षेत्रमा कस्तो असर ?

काठमाडौँ – सरकारले बिजुली उत्पादन नगरेका जलविद्युत कम्पनीहरूलाई प्राथमिक सेयर

गणतन्त्र दिवसका अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं– काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसको कर्मचारी सङ्घ इकाई