विश्व कुटनीतिमा ट्रम्पका नीति सकारात्मक रहेको अमेरिकी विदेश मन्त्री पोम्पेओको दाबी « Khabarhub

विश्व कुटनीतिमा ट्रम्पका नीति सकारात्मक रहेको अमेरिकी विदेश मन्त्री पोम्पेओको दाबी


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूले विश्वका सबै क्षेत्रमा सकारात्मक प्रभाव पारेको दाबी गरेका छन् ।

रिपब्लीकन पार्टीको सम्मेलनमा इजरायलबाट भिडियो मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै विदेश मन्त्री पोम्पेओले अमेरिका पहिलो भन्ने नीतिलाई राष्ट्रपति ट्रम्पले ब्यवहारमा नै परिणत गरेको बताए ।

‘उहाँका यी नीतिले सबै देशलाई खुशी पार्न नसकेको होला तर अमेरिकी नीति सफल छन् । राष्ट्रपति ट्रम्पका शाहसिक प्रयासले विश्वका सबै भागमा प्रभाव पारेका छन्,’ पोम्पेओले भने ।

विदेश मन्त्री पोम्पेओले चिनियाँ कम्युनिष्ट पार्टीको हस्तक्षेपकारी नीतिलाई नियन्त्रणमा राख्न राष्ट्रपति ट्रम्पले दबाब सिर्जना गरेको  बताउँदै झण्डै आठ लाख मानिसको मृत्यु हुनेगरी फैलिएको कोरोनाभाइरसका लागि चीनलाई जिम्मेवार ठहर्‍याइनु महत्वपूर्ण भएको बताए ।

राष्ट्रपति ट्रम्पले चीनसँग भएका असन्तुलित व्यापार सम्झौता खारेज गरेका, विदेशतर्फ स्थानान्तरित भइरहेको रोजगारी अमेरिकामा फिर्ता हुन थालेको तथा अमेरिकाविरोधी गुप्तचर अभियानलाई बन्द गराउन कुटनीतिक पहल गरिएको पनि उनको दाबी छ ।

पोम्पेओले उत्तर कोरियाली नेतासँग वार्ताको वातावरण बनाउन राष्ट्रपति ट्रम्प सफल भएकोसमेत बताए ।

ट्रम्पकै कारण तेल अभिभमा रहेको अमेरिकी राजदूतावास मे २०१८ मा जेरुसेलम स्थानान्तरित गरिएको जानकारी दिए । यहूदी नागरिकका लागि जेरुसेलम वास्तविक राजधानी रहेको पनि उनले बताए ।

सामान्यतया, अमेरिकी विदेश मन्त्रीले पार्टीको सम्मेलनलाई सम्बोधन नगर्ने विगतको परम्परा तोड्दै विदेश मन्त्री पोम्पेओले राष्ट्रपतिका विदेश नीतिको बचाउ गरेका हुन् ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ३ : २२ बजे

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन