दोहा- कतारबाट अगष्ट ३१ तारिखमा हिमालय एयरलाइन्सले उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।
यसअघि टिकट लिएका र दूतावासको सूचीमा परेकाहरुले पुनः प्रमाणित गर्नका लागि सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्न कतारस्थित नेपाली दूतावासले अनुरोध गरेको हो ।
स्वदेश फर्कनलेलाई कोरोना भाइरस (कोभिड १९) को पीसीआर परीक्षण गर्न आग्रह गरिएको छ । कतार सरकारबाट अनुमति प्राप्त विभिन्न निजी अस्पतालमा गएर पीसीआर गर्न सकिने कतारस्थित नेपाली दूतावासले जनाएको छ ।
सरकारले पीसीआर रिपोर्ट नेगेटिभ लिएर आउनेहरुलाई काठमाण्डौमा होटल क्वरेण्टीनमा बस्न नपर्ने निर्णय गरेको छ ।
तर पीसीआर रिपोर्ट नलिइ आएमा काठमाडौंमा आफ्नै खर्चमा होटल क्वरेण्टीनमा बस्नु पर्नेछ । सरकारले भदौ १६ गतेदेखि पीसीआर परीक्षण सहज भएका देशहरुबाट नियमित उडान गर्दैछ ।
कतारमा यी अस्पतालमा पीसीआर परीक्षण गर्न सकिने
प्रतिक्रिया