सभामुख सापकोटाद्वारा बाढी-पहिरो पीडितलाई राहत सामग्री हस्तान्तरण « Khabarhub

सभामुख सापकोटाद्वारा बाढी-पहिरो पीडितलाई राहत सामग्री हस्तान्तरण


१० भदौ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले सङ्कटका बेलामा नै नेतृत्वको परीक्षण हुने बताएका छन् ।

जुगल गाउँपालिका –२ लिदीका पहिरो विस्थापित १७२ घरधुरी स्थानान्तरण गरिएको सेलाङको बाँसखर्क पुगेर सभामुख सापकोटाले जनतालाई सङ्कट परेका बेलामा नै नेतृत्वको परीक्षण हुने जनाउँदै आफूले दुख र सङ्कटका बेलामा पनि कहिल्यै साथ नछाड्ने प्रतिबद्धता व्यक्त गरे ।

विस्थापितका लागि जग्गा दिलाउन आफूले प्रधानमन्त्रीसंँग भेटेर छलफल गर्ने आश्वासन पनि उनले दिए ।

सभामुख सापकोटासँगै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका भूगर्भविद् लेखप्रसाद भट्ट पनि बाँसखर्क पुगेका थिए ।

सभामुखले स्थानीय तहका जनप्रतिनिधिमार्फत थप राहत सामग्री हस्तान्तरणसमेत गरे । त्यसअघि सभामुख सापकोटाले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई सहयोग सामग्री प्रदान गरेका थिए ।

जुगल गाउँपालिकाको लिदी, बाह्रबीसे नगरपालिकाका जम्बु र खागदल तथा भोटेकोशी गाउँपालिकाको लार्चाका बाढीपहिरोबाट विस्थापित भएकाहरुका लागि स्थानीय तहका जनप्रतिनिधिमार्फत सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  १० : २२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको