सभामुख सापकोटाद्वारा बाढी-पहिरो पीडितलाई राहत सामग्री हस्तान्तरण « Khabarhub

सभामुख सापकोटाद्वारा बाढी-पहिरो पीडितलाई राहत सामग्री हस्तान्तरण


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले सङ्कटका बेलामा नै नेतृत्वको परीक्षण हुने बताएका छन् ।

जुगल गाउँपालिका –२ लिदीका पहिरो विस्थापित १७२ घरधुरी स्थानान्तरण गरिएको सेलाङको बाँसखर्क पुगेर सभामुख सापकोटाले जनतालाई सङ्कट परेका बेलामा नै नेतृत्वको परीक्षण हुने जनाउँदै आफूले दुख र सङ्कटका बेलामा पनि कहिल्यै साथ नछाड्ने प्रतिबद्धता व्यक्त गरे ।

विस्थापितका लागि जग्गा दिलाउन आफूले प्रधानमन्त्रीसंँग भेटेर छलफल गर्ने आश्वासन पनि उनले दिए ।

सभामुख सापकोटासँगै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका भूगर्भविद् लेखप्रसाद भट्ट पनि बाँसखर्क पुगेका थिए ।

सभामुखले स्थानीय तहका जनप्रतिनिधिमार्फत थप राहत सामग्री हस्तान्तरणसमेत गरे । त्यसअघि सभामुख सापकोटाले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई सहयोग सामग्री प्रदान गरेका थिए ।

जुगल गाउँपालिकाको लिदी, बाह्रबीसे नगरपालिकाका जम्बु र खागदल तथा भोटेकोशी गाउँपालिकाको लार्चाका बाढीपहिरोबाट विस्थापित भएकाहरुका लागि स्थानीय तहका जनप्रतिनिधिमार्फत सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  १० : २२ बजे

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा