गुल्मी अस्पतालका मेसुलाई कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

गुल्मी अस्पतालका मेसुलाई कोरोना संक्रमण पुष्टि


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तम्घास – गुल्मी अस्पताल तम्घासका मेडिकल सुपरिटेन्डेन्ट डा उत्तम पाच्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनमा कोरोनामा देखिएपछि अस्पतालको आकस्मिक सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरिएको छ । अस्पतालले सार्वजनिक रुपमा सूचना जारी गर्दै आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द गर्ने जनाएको हो ।

कोभिड १९ डायग्नोष्टिक ल्याब्रोटोरी तम्घासमा गरिएको स्वाब परीक्षणका क्रममा डा.पाच्य सहित १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

बिहीबार कन्ट्रयाक्ट ट्रेसिङका आधारमा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, स्वास्थ्य कार्यालयका प्रमुख डा भवानीप्रसाद शर्मा सहित जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयका सम्पूर्ण स्वास्थ्यकर्मी गरी १ सय १२ जनाको स्वाँब सङ्कलन गरिएको छ ।

पहिलो पटक ३६ जनाको स्वाँव परीक्षण गर्दा १६ जनामा कोरोना रिपोट पोजेटिभ देखिएको जनाइएको छ ।

आज मुसिकोट नगरपालिकाका ६७ जनामा गरिएको स्वाब परीक्षणमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने थप ६ जनाको र्‍यापिड टेष्टमा राखिएको र त्यस बाहेक अन्य सबै जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ६ : १४ बजे

किसानलाई अनुदानमा हाते ट्रयाक्टर वितरण

गोरखा– गोरखा नगरपालिका– ८ ले कृषिलाई प्रविधिमैत्री बनाउन किसानलाई अनुदानमा

विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेती 

खोटाङ– खोटाङको रावाबेँसी गाउँपालिका– ६ हौँचुरका सरोज खालिङ राई रोजगारीको

कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटाको अन्त्येष्टि

पोर्चुगल – बिहीबार कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटा

राजा महेन्द्रले मन पराएको महेन्द्रनगर !

काठमाडौं – २०११ साल साउन ८ गते शुक्रबारदेखि लगातार पाँच

वीरगञ्ज नाकाबाट भटमासको कच्चा तेल आयात ५२ अर्ब, निर्यात ५५ अर्ब

वीरगञ्ज– चालु आर्थिक वर्ष (आव)को ११ महिनामा वीरगञ्ज नाका हुँदै