प्रदेश १ मा १ लाख १९ हजार पीसीआर परीक्षण « Khabarhub

प्रदेश १ मा १ लाख १९ हजार पीसीआर परीक्षण


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८५ जना कोरोना सङ्क्रमित थपिएका छन् । ती मध्ये २० महिला र ६५ जना पुरुष छन् ।

थपिएका सङ्क्रमितमा मोरङमा ४१, सुनसरीमा २५, झापामा १२, ताप्लेजुङमा एक तथा प्रदेश बाहिरका छ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा आठ महिला र १६ पुरुष, बुढीगंगामा पाँच, बेलबारी र धनपालथानमा तीनतीन, मिक्लाजुङ, सुन्दरहरैचा, उर्लाबारी, जहदा, कानेपोखरीमा एक/एक पुरुष र रंगेलीमा एक महिलामा सङ्क्रण पुष्टि भएको छ ।

सुनसरीको इटहरीमा दुई महिला र १३ पुरुष, दुहवीमा दुई महिला र दुई पुरुष, इनरुवामा एक महिला र दुई पुरुष, बर्जुमा एक महिला र एक पुरुष, धरानमा एक महिला, झापाको भद्रपुरमा एक महिला र नौ पुरुष, विर्तामोड र दमकमा एकएक महिला, ताप्लेजुङको फङलिङमा एक पुरुष तथा प्रदेश बाहिरका एक महिला र पाँच पुरुषको कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसप्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार १४९ पुगेको छ भने कोभिड १९ आईसोलेशन केन्द्र, रंगेलीबाट नौ , गढी आईसोलेसन केन्द्र बाट आठ, होम आईसोलेसनबाट आठ, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट छ, न्युरो अस्पताल विराटनगरबाट चार, मेची अस्पतालबाट तीन जना गरी ३८ जना सहित दुई हजार ६५६ जना कोरोनाबाट मुक्त भइसकेका छन् ।

सो अवधिमा ६२५ जनासहित आजसम्ममा एक लाख १९ हजार ४३५ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ६ : ३५ बजे

फ्रान्सलाई सजिलोसँग हराउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौं-स्पेन फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर