कतारमा हवाई भाडा जुटाउन नसकेका थप ७ नेपालीको उद्धार « Khabarhub

कतारमा हवाई भाडा जुटाउन नसकेका थप ७ नेपालीको उद्धार



दोहा – कोरोना भाइरसको जोखिम बढेसँगै कतारमा रोजगारी गुमाएर अलपत्र परेका ७ नेपालीको उद्धार गरिएको छ ।

नेपाल फर्किने प्राथमिकतामा परे पनि हवाईभाडा समेत जुटाउन नसकेका उनीहरुलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले उद्धार गरेको हो ।

उनीहरुलाई निशुल्क हवाई टिकट उपलब्ध गराएर स्वदेश फर्काइएको एनआरएन राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानले जानकारी दिए ।

उनका अनुसार कतारस्थित नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपाली व्यवसायी संघ कतारद्वारा पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने निर्णय अनुसार चौथो चरणमा थप ७ जनालाई हवाई टिकट प्रदान गरिएको हो ।

चौथो चरणमा सेप्टेम्बर २५ तारिखका दिन मानसिक सन्तुलन गुमाएको धनुषाका बिनोद महरा, दुबै मृगौला गुमाएको सर्लाहीका
हसामुद्दीन लेहेरी, सुनसरीका सद्दाम खान रहेका छन् ।

यसैगरी,सिरहाका जितेन्द्र कामती,तेह्रथुमकी अमृता कान्दङ्वा, सर्लाहीका राम बाबू टमाटा र खोटाङका आश कुमार राईलाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाइएको अध्यक्ष मुसलमानले बताए ।

स्वदेश फिर्तीका लागि सहजीकरणको भूमिका निभाउने नेपाली दूतावास र स्वदेश फिर्तीका लागि आर्थिक सहयोग तथा उद्धार समितिका सम्पूर्ण सदस्यहरुलाई अध्यक्ष मुसलमानले धन्यवाद ज्ञापन गरेका छन् ।

यसअघि पहिलो, दोस्रो तथा तेस्रो चरणमा गरी समस्यामा परेका २३ नेपालीलाई टिकट उपलब्ध गराई स्वदेश पठाइएको थियो ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ८ : ४० बजे

भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ– अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु