खोप प्रयोगमा आउनुअघि २० लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओको चेतावनी « Khabarhub

खोप प्रयोगमा आउनुअघि २० लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओको चेतावनी


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको खोप प्रयोगमा आउनुअघि विश्वमा यो भाइरसका कारण २० लाखले ज्यान गुमाउन सक्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ ।

डब्ल्यूएचओका आपतकालीन मामिला प्रमुख डा. माइक रायनले अन्तराष्टिय सहकार्य नभए अझै धेरैले ज्यान गुमाउने बताएका छन् ।

गत वर्षको अन्त्यमा चीनको वुहान शहरबाट विश्वभरि फैलिएको कोरोना भाइरसबाट हालसम्म तीन करोड २० लाख मानिस संक्रमित भइसकेका छन् । विश्वमा दैनिक रुपमा लाखौंको संख्यामा कोरोना संक्रमित बढिरहेका छन् ।

हिउँद शुरु भएसँगै केही देशमा यो भाइरसको दोस्रो लहर शुरु हुने वैज्ञानिकहरुले बताएका छन् ।

पछिल्लो अपडेट अनुसार अमेरिका, भारत र ब्राजिलमा विश्वमै सबैभन्दा बढी संख्यामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो समय युरोपमा पनि कोरोना संक्रमित थपिएकोमा चिन्ता व्यक्त गर्न थालिएको छ ।

हालसम्म कोरोना भाइरसका कारण झण्डै १० लाखले ज्यान गुमाएका छन् । अमेरिकामा मात्र यो भाइरसबाट ७० लाखभन्दा बढी संक्रमित भएका छन् ।

डब्ल्यूएचओले विश्वमा कोरोना भाइरसको दोस्रो लहर फैलिनभन्दा पहिले नै सरकारलाई कोरोना भाइरस नियन्त्रण गर्न आवश्यक उपाय अवलम्बन गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  १० : ३१ बजे

पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार

गाइघाट – उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ स्थित डिल्ली-डुम्री-थुम्का-रौता-मुर्कुची-लिम्चुङबुङ सडकखण्डमा पहिरोले

राहदानी छपाइ प्रकरण : मुद्दा दायर भएका १८ मध्ये ९ जना परराष्ट्र कै कर्मचारी

काठमाडौं । राहदानी छपाइ भ्रष्टाचार प्रकरणमा सोमबार १८ जनाविरुद्ध मुद्दा

कोटेश्वरमा कारले चार मोटरसाइकललाई ठक्कर दिँदा पाँच जना घाइते

काठमाडौं – काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा

उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई