राजधानीमा सफाइसँगै गुर्जो रोपण अभियान « Khabarhub

राजधानीमा सफाइसँगै गुर्जो रोपण अभियान


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वाग्मती सफाइ महाअभियानले ३८५ हप्ता पार गरेको छ । विसं २०७० जेठ ५ गते शुरु भएको सफाइ महाअभियान कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बीच भौतिक दूरी कायम गरेर जारी राखिएको हो ।

नदी किनारको नजिकै निवास भएका सफाइ अभियानकर्मीले काठमाडौँ उपत्यकामा कोरोना बढ्दै गएको अवस्थामा पनि महाअभियानलाई जारी राखेका छन् । वाग्मतीको आजको सफाइ पशुपति र शङ्खमूल क्षेत्रमा गरिएको छ । पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सम्पन्न भयो ।

सफाइमा काठमाडौँ महानगरपालिका वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकार, चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ लगायत अभियानकर्मीको सक्रियता थियो ।

यसैगरी शङ्खमूल क्षेत्रमा डा लक्ष्मी पौडेलको नेतृत्वमा भौतिक दूरी कायम गरेर सफाइ गरिएको छ । सफाइमा जम्मा भएको कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको जनाइएको छ ।

रातोपुलबाट कालोपुलको रुद्रमती किनारमा २२५ गुर्जो रोपण

रुद्रमती सफाइ अभियानको ३४०औँ हप्तामा रातोपुलबाट कालोपुलसम्मको नदी किनारका दायाँबायाँ २२५ वटा गुर्जोका विरुवा रोपिएको छ । गुर्जो वितरण अभियानकर्मी एवं आन्तरिक राजश्व कार्यालय लाहानका प्रमुख कमलबहादुर राजलवटले अभियानलाई गुर्जोका विरुवा हस्तान्तरण गरेका हुन् । गुर्जोका विरुवा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा र रुद्रमती सफाइ अभियानकर्मी रोहित गिरीले ती विरुवा रोप्न बाँडेका थिए ।

सो अवसरमा पूर्वमन्त्री थापाले यस्तो अभियानमा सबै सामाजिक संस्था सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । गुर्जो वितरण अभियानकर्मी राजलवटले यस क्षेत्रका एक घरलाई एक गुर्जोको बिरुवा निःशुल्क वितरण गर्ने प्रतिबद्धता जनाए ।

मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने गुर्जोको धुलो महानगरपालिकाका वडा नं ७, ९ र ३० मा कोरोना पोजेटिभ आउने सबैलाई निःशुल्क सेवनका लागि उपलब्ध गराउने प्रतिबद्धता पनि उनको थियो । कार्यक्रममा सुरक्षाकर्मीसहित १५० जना अभियानकर्मी सफाइ र गुर्जो रोपणमा सहभागी भएका थिए ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ३ : ५५ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये