राजधानीमा सफाइसँगै गुर्जो रोपण अभियान | Khabarhub Khabarhub

राजधानीमा सफाइसँगै गुर्जो रोपण अभियान


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वाग्मती सफाइ महाअभियानले ३८५ हप्ता पार गरेको छ । विसं २०७० जेठ ५ गते शुरु भएको सफाइ महाअभियान कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बीच भौतिक दूरी कायम गरेर जारी राखिएको हो ।

नदी किनारको नजिकै निवास भएका सफाइ अभियानकर्मीले काठमाडौँ उपत्यकामा कोरोना बढ्दै गएको अवस्थामा पनि महाअभियानलाई जारी राखेका छन् । वाग्मतीको आजको सफाइ पशुपति र शङ्खमूल क्षेत्रमा गरिएको छ । पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सम्पन्न भयो ।

सफाइमा काठमाडौँ महानगरपालिका वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकार, चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ लगायत अभियानकर्मीको सक्रियता थियो ।

यसैगरी शङ्खमूल क्षेत्रमा डा लक्ष्मी पौडेलको नेतृत्वमा भौतिक दूरी कायम गरेर सफाइ गरिएको छ । सफाइमा जम्मा भएको कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको जनाइएको छ ।

रातोपुलबाट कालोपुलको रुद्रमती किनारमा २२५ गुर्जो रोपण

रुद्रमती सफाइ अभियानको ३४०औँ हप्तामा रातोपुलबाट कालोपुलसम्मको नदी किनारका दायाँबायाँ २२५ वटा गुर्जोका विरुवा रोपिएको छ । गुर्जो वितरण अभियानकर्मी एवं आन्तरिक राजश्व कार्यालय लाहानका प्रमुख कमलबहादुर राजलवटले अभियानलाई गुर्जोका विरुवा हस्तान्तरण गरेका हुन् । गुर्जोका विरुवा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा र रुद्रमती सफाइ अभियानकर्मी रोहित गिरीले ती विरुवा रोप्न बाँडेका थिए ।

सो अवसरमा पूर्वमन्त्री थापाले यस्तो अभियानमा सबै सामाजिक संस्था सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । गुर्जो वितरण अभियानकर्मी राजलवटले यस क्षेत्रका एक घरलाई एक गुर्जोको बिरुवा निःशुल्क वितरण गर्ने प्रतिबद्धता जनाए ।

मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने गुर्जोको धुलो महानगरपालिकाका वडा नं ७, ९ र ३० मा कोरोना पोजेटिभ आउने सबैलाई निःशुल्क सेवनका लागि उपलब्ध गराउने प्रतिबद्धता पनि उनको थियो । कार्यक्रममा सुरक्षाकर्मीसहित १५० जना अभियानकर्मी सफाइ र गुर्जो रोपणमा सहभागी भएका थिए ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ३ : ५५ बजे

म्याग्दीको डाडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ३ डाडागाउँमा स्वास्थ्य एकाइ स्थापना भएको

फ्रेन्च ओपन महिला टेनिसको उपाधि अमेरिकाकी गौफलाई  

काठमाडौं– फ्रेन्च ओपन महिला टेनिसको उपाधि अमेरिकाकी २१ वर्षीया को

माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम

म्याग्दी– धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट

बाम्का बजार आगलागी : राहत वितरणका लागि समिति गठन

बाजुरा- बुढीगङ्गा नगरपालिकाले बाम्का बजारका आगलागीपीडितलाई राहत तथा पुनःस्थापना गर्न

किसानकाे आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’

बागलुङ- बागलुङ नगरपालिका– ५ मालिका निवासी कालिका किसानले घरमा हुर्काएको