परराष्ट्रमन्त्री ज्ञवालीको राजीनामा माग्दै सुर्खेतमा प्रदर्शन « Khabarhub

परराष्ट्रमन्त्री ज्ञवालीको राजीनामा माग्दै सुर्खेतमा प्रदर्शन


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको राजीनामा माग्दै सुर्खेतमा प्रदर्शन भएको छ । राष्ट्रिय एकता अभियानका नाममा उक्त प्रदर्शन भएको हो । हुम्लामा चीनले सीमा मिचेको भन्ने विषयमा सरकारको तर्फबाट परारष्ट्रमन्त्री ज्ञवालीले दिएको प्रष्टीकरण आपत्तिजन रहेको राजीनामा मागेर प्रदर्शन गरेको हो ।

कर्णाली प्रदेश सदरमुकाम सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रदर्शनमा सहभागीले सीमा अतिक्रमण बन्द गर, चिनियाँ विस्तारवाद मुर्दावाद, हुम्लाको नेपाली भूमिबाट चिनियाँ फिर्ता जाऊ, सोझो नेपालीसँग छलछाम बन्द गर लगायतका नारा लगाएका थिए । उनीहरुले ‘गो ब्याक चाइना’, नेपाल आमाको जय, राष्ट्रिय एकता अभियान जिन्दावाद भन्ने नारा लगाएको स्थानीयले बताएका छन् ।

२ जना पक्राउ

प्रदर्शनमा उत्रिएका मध्ये २ जना पक्राउ परेका छन् । अभियन्ता लेखक गौतम र प्रवेश सुनुवारलाई प्रहरीले पक्राउ गरेको अभियानका केन्द्रीय संयोजक विनय यादवले जानकारी दिए ।

उनले भने, ‘शन्तिपूर्ण आन्दोलनमा पनि प्रहरीले दमन गरेको छ । यो सरासर गलत हो, हाम्रा अभियन्तालाई प्रहरीले तत्काल नछाडे कडा आन्दोलन गर्न बाध्य हुनेछौँ ।’

पक्राउ परेका अभियन्तालाई तत्काल रिहा गर्न पनि उनले माग गरेका छन् ।

हुम्लाको मान्खा गाउँपालिकामा चीनले नेपाली भूमि मिचेर आधुनिक भवनहरू बनाएको भन्ने समाचार आएपछि बुधबार मन्त्री ज्ञवालीले चीनले आफ्नै भूमिमा संरचनाहरु बनाएको र नेपाली भूमि नमिचेको बताएका थिए ।

लगत्तै परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी समाचारको खण्डन गर्दै चीनले सीमाबाट करिब एक किलोमिटर टाढा आफ्नै भूमिमा संरचनाहरू बनाएको जनाएको थियो ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ५ : ०१ बजे

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन