पेनाल्टी गोलबाट युनाइटेड विजयी « Khabarhub

पेनाल्टी गोलबाट युनाइटेड विजयी


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले ब्राइटनविरुद्ध जीत हात पारेको छ । शनिबार राति भएको खेलमा युनाइटेडले ब्राइटनलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

रोमाञ्जक बनेको खेलमा युनाइटेडले एक गोल उपहार पाएको थियो । खेलमा सुरुवाती अग्रता बनाएको ब्राइटनले अग्रता जोगान नसक्दा हार व्यहोर्न पुग्यो ।

खेलको ४० औं मिनेटमा ब्राइटनका निअल मेउपेले गोल गर्दै अग्रता दिलाएका थिए । तर, ब्राइटनका लेविस डङ्को आत्मघाती गोलमा युनाइटेडले खेल १–१ को बराबरीमा ल्याएको थियो । डङ्कोले खेलको ४३ औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।

१–१ बराबरीको अवस्थामा रहेको खेलमा युनाइटेडका मार्कस रासफोर्डले टीमका लागि दोस्रो गोल गरेका थिए । उनले खेलको ५५ औं मिनेटमा गोल गर्दै २–१ को अग्रता दिलाएका थिए ।

युनाइटेडविरुद्ध खेलको अतिरिक्त समयमा ब्राइटनका सोली मार्चले गोल गर्दै खेल २–२ गोलको बराबरीमा पुर्याएका थिए ।
तर, अतिरिक्त समयमै ब्राइटनका खेलाडीले पेनाल्टी क्षेत्रमा विपक्षी खेलाडीमाथि फाउल गर्दा युनाइटेडले पेनाल्टी पाएको थियो ।

उक्त पेनाल्टी अवसरलाई ब्रुनो फर्नान्डेजले गोलमा परिणत गर्दै रोचक बनेको खेलमा टीमलाई जीत दिलाए ।
दुई खेलमा एक जीत हात पारेको युनाइटेडले अंक तालिकामा खाता खोलेको छ भने ब्राइटनले ३ खेलमा एक जीत हात पारेकोछ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ८ : ४० बजे

माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो

काठमाडौं– सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आगामी माघ महिनाका लागि मुद्दतीतर्फको

किसानलाई सखरखण्ड खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

घोराही– यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो

मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा कर्णाली प्रदेश०२–००२प३२७१ नम्बरको मोटरसाइकलले ठक्कर

भोलिदेखि ‘दोस्रो प्रादेशिक मह महोत्सव’ हुँदै

कर्णाली– सुर्खेत वीरेन्द्रनगरमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि सुरु हुने

गोलभेँडाले उचित मूल्य पाएपछि सर्लाहीका किसान उत्साहित

बरहथवा– गोलभेँडाको बजार मूल्य राम्रो भएपछि यसपटक सर्लाहीका किसान निकै