पेनाल्टी गोलबाट युनाइटेड विजयी « Khabarhub

पेनाल्टी गोलबाट युनाइटेड विजयी


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले ब्राइटनविरुद्ध जीत हात पारेको छ । शनिबार राति भएको खेलमा युनाइटेडले ब्राइटनलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

रोमाञ्जक बनेको खेलमा युनाइटेडले एक गोल उपहार पाएको थियो । खेलमा सुरुवाती अग्रता बनाएको ब्राइटनले अग्रता जोगान नसक्दा हार व्यहोर्न पुग्यो ।

खेलको ४० औं मिनेटमा ब्राइटनका निअल मेउपेले गोल गर्दै अग्रता दिलाएका थिए । तर, ब्राइटनका लेविस डङ्को आत्मघाती गोलमा युनाइटेडले खेल १–१ को बराबरीमा ल्याएको थियो । डङ्कोले खेलको ४३ औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।

१–१ बराबरीको अवस्थामा रहेको खेलमा युनाइटेडका मार्कस रासफोर्डले टीमका लागि दोस्रो गोल गरेका थिए । उनले खेलको ५५ औं मिनेटमा गोल गर्दै २–१ को अग्रता दिलाएका थिए ।

युनाइटेडविरुद्ध खेलको अतिरिक्त समयमा ब्राइटनका सोली मार्चले गोल गर्दै खेल २–२ गोलको बराबरीमा पुर्याएका थिए ।
तर, अतिरिक्त समयमै ब्राइटनका खेलाडीले पेनाल्टी क्षेत्रमा विपक्षी खेलाडीमाथि फाउल गर्दा युनाइटेडले पेनाल्टी पाएको थियो ।

उक्त पेनाल्टी अवसरलाई ब्रुनो फर्नान्डेजले गोलमा परिणत गर्दै रोचक बनेको खेलमा टीमलाई जीत दिलाए ।
दुई खेलमा एक जीत हात पारेको युनाइटेडले अंक तालिकामा खाता खोलेको छ भने ब्राइटनले ३ खेलमा एक जीत हात पारेकोछ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ८ : ४० बजे

महामन्त्रीमा उम्मेदवारी दिएपछि डिलाले भनिन्- महिलाका मुद्दा उठाउँछु

काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी

दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन

काठमाडौँ- चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस

कांग्रेसको वित्तीय प्रणालीमा कडाइ : स्वार्थ समूहको प्रभाव रोक्न नयाँ प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीभित्र आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम

तीनतिर छरिएको कांग्रेस एक बनाउन मेरो निर्विकल्प उम्मेदवारी : नैनसिंह महर

काठमाडौँ – लामो समय पत्रकारिता पेसामा रहेका तथा नेपाली कांग्रेसको