सामाजिक दूरी कायम गरी दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह « Khabarhub

सामाजिक दूरी कायम गरी दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले सबैले यसप्रति सचेत हुन आग्रह गरेका छन् ।

विजया दशमीको शुभकामना दिँदै उनले सामाजिक दूरी कायम गरी आफ्नै घरपरिवारमा मात्रै दशैँ मनाउन आग्रहसमेत गरेका हुन् ।

सुदूरपश्चिमका बासिन्दाका नाममा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामनासमेत व्यक्त गरेका छन् ।

मुख्यमन्त्री भट्टले कोरोना भाइरसको सङ्क्रमणको महामारीबाट उत्पन्न जटिल परिस्थितिमा सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाउँदै आपसी समझदारी, बन्धुत्व, सामाजिक एकता तथा पारिवारिक सुमधुर सम्बन्ध कायम गर्न सघाउ पुगोस् भन्ने शुभेच्छासमेत प्रकट गरेका छन् ।

बडादशैँले आपसी सद्‍भाव, भ्रातृत्व कायम गरी एक-आपसमा खुसीयाली साटासाट गर्ने अवसरसमेत प्रदान गरोस् भन्दै उनले कोरोनाबाट जोगिन सामाजिक दूरी कायम गरी दशैँ मनाउन आग्रह गरेका छन् । –रासस

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  १२ : ३८ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा