सामाजिक दूरी कायम गरी दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह « Khabarhub

सामाजिक दूरी कायम गरी दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले सबैले यसप्रति सचेत हुन आग्रह गरेका छन् ।

विजया दशमीको शुभकामना दिँदै उनले सामाजिक दूरी कायम गरी आफ्नै घरपरिवारमा मात्रै दशैँ मनाउन आग्रहसमेत गरेका हुन् ।

सुदूरपश्चिमका बासिन्दाका नाममा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामनासमेत व्यक्त गरेका छन् ।

मुख्यमन्त्री भट्टले कोरोना भाइरसको सङ्क्रमणको महामारीबाट उत्पन्न जटिल परिस्थितिमा सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाउँदै आपसी समझदारी, बन्धुत्व, सामाजिक एकता तथा पारिवारिक सुमधुर सम्बन्ध कायम गर्न सघाउ पुगोस् भन्ने शुभेच्छासमेत प्रकट गरेका छन् ।

बडादशैँले आपसी सद्‍भाव, भ्रातृत्व कायम गरी एक-आपसमा खुसीयाली साटासाट गर्ने अवसरसमेत प्रदान गरोस् भन्दै उनले कोरोनाबाट जोगिन सामाजिक दूरी कायम गरी दशैँ मनाउन आग्रह गरेका छन् । –रासस

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  १२ : ३८ बजे

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा

ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक