गण्डकी प्रदेशमा कोरोनाले ४ को मृत्यु, पोखरामा १०१ संक्रमित थपिए | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा कोरोनाले ४ को मृत्यु, पोखरामा १०१ संक्रमित थपिए


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६७ पुगेको छ ।

पछिल्लो विवरण अनुसार थप थप ४ जनाले ज्यान गुमाएसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार पोखरा महानगरपालिका–५ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको गए राति ९ः१० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा निधन भएको हो । मृतकमा गत ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा अन्य दीर्घ रोगको समस्या पनि जनाइएको छ ।अहिले उनको शब व्यबस्थापनको तयारी भइरहेको छ ।

यस्तै, अर्का मृतक नवलपुरको गैंडाकोट–५ का रहेका छन् । ७३ वर्षीय कोरोना संक्रमित पुरुषको गए राति चितवन मेडिकल कलेज, चितवनमा उपचारका क्रममा निधन भएको हो । उनलाई गत ६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । गत ५ गते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

अर्का मृतक पनि नवलपुरकै रहेका छन् । कावासोती–२ का ७७ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान २ः३० बजे मध्यबिन्दु अस्पताल, नवलपुरमा उपचारका क्रममा निधन भएको छ । गत ३ गते उनमा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

यसैगरी, पोखरा महानगरपालिका–१५ का ७८ वर्षीय कोरोना संक्रमित महिलाको गए राति ११ बजे चरक मेमोरियल अस्पताल, पोखरामा उपचारका क्रममा निधन भएको छ । ८ गते उनमा कोरोनाको संक्रमण पुष्टि भएको थियो । मृतकहरुको शव व्यवस्थापनको तयारी भै रहेको छ ।

निर्देशनालयको विज्ञप्ती अनुसार पोखरामा मात्रै १०१ संक्रमित थपिएका छन् ।

ट्राफिक कार्यालयका १३ र वडा कार्यालयका बगरका ३१ प्रहरी सहित १०१ जना संक्रमित थपिएका हुन् । संक्रमित सबै कन्ट्याक्ट् ट्रेसिङबाट पहिचान भएका हुन् । पछिल्लो विवरण अनुसार गण्डकीमा संक्रमितको कुल संख्या ६७११ छ ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ११ : १५ बजे

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

बैतडीको सुर्नयामा ठेउलाबाट बालबालिका प्रभावित

बैतडी– सुर्नया गाउँपालिकाको वडा ७ र ८मा ठेउला सङ्क्रमण फैलिदा

वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

काठमाडौं– वर्षापछिको बाढीपहिरोका कारण मंगलबार विभिन्न राजमार्गका ६ स्थानमा सडक

मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

मुस्ताङ– उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक यातायात सहज भएसँगै

कालीगण्डकी करिडोर सडक अझै खुलेन

गुल्मी– पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालन