कोरोनाको मृत्युमा फेरि नयाँ रेकर्ड, एकैदिन १२ हजार संक्रमितको मृत्यु | Khabarhub Khabarhub

कोरोनाको मृत्युमा फेरि नयाँ रेकर्ड, एकैदिन १२ हजार संक्रमितको मृत्यु


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दोस्रो लहरको संक्रमणले तीब्र हुँदा मृतक संख्यामा दैनिकजसो नयाँ रेकर्ड कायम हुन थालेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा  १२ हजार संक्रमितको मृत्यु भएको छ । एकै दिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।

यसअघि बुधबार (१० मंसिरमा) पनि ११ हजार ७३३ संक्रमितको मृत्यु भएको थियो । चीनको वुहानबाट सुरू भएको संक्रमण हालसम्म विश्वका २१८ मुलुकमा फैलिएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर १४ लाख २५ हजार ८४६ जनाको मृत्यु भएको छ ।

दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार ४६९ जनाको मृत्यु भएको छ ।

युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ६९६ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको कुल संख्या ५६ हजार ५३३ पुगेको छ ।

जाडो मौसमसँग संक्रमितको संख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभर नै मृतकको संख्या बढ्दै गएको छ ।

युरोपमा भने बेलायतपछि इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ। इटालीमा अहिलेसम्म ५२ हजार २८ जनाको मृत्यु भएको छ ।

यस्तै फ्रान्समा पनि ५० हजारभन्दा बढीको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने युरोपेली मुलुकमा फ्रान्स तेस्रो स्थानमा छ ।

संक्रमणको दोस्रो लहरसँग युरोपका अधिकांश देशले प्रतिबन्धका नयाँ नियमहरु जारी गरेका छन्।

संक्रमणले उत्तर अमेरिकी मुलुकहरूमा ३ लाख ९९ हजार १०१ जनाको मृत्यु भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ३ हजार १४९ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकी मुलुकहरूमा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा २ लाख ६८ हजार १२२ जनाको मृत्यु भएको छ । संक्रमणले मृत्यु हुनेको यो संख्या विश्वमै पनि सबैभन्दा धेरै हो ।

यस्तै मेक्सिकोमा १ लाख २ हजार ७३९ जनाको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने देशको सूचीमा मेक्सिको विश्वमै चौथो स्थानमा छ ।

यस्तै एसियाली मुलुकमा २ लाख ८३ हजार ३१३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ७६८ जनाको मृत्यु भएको छ ।

एसियामा सबैभन्दा धेरै भारतमा १ लाख ३५ हजार २६१ जनाको मृत्यु भएको छ । मृतकका आधारमा धेरै प्रभावित भएको मुलुकमा भारत विश्वमै तेस्रो स्थानमा छ ।

यस्तै दक्षिण अमेरिकी मुलुकहरूमा ३ लाख २० हजार ४२८ संक्रमितको मृत्यु भएको छ । दक्षिण अमेरिकी महादेशमा सबैभन्दा धेरै ब्राजिलमा १ लाख ७० हजार ७९९ जनाको मृत्यु भएको छ ।

अफ्रिकी महादेशमा पनि संक्रमणले मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा अफ्रिकी महादेशमा ३१८ जनाको मृत्यु भएको छ ।

अफ्रिकी महादेशमा दक्षिण अफ्रिका संक्रमणको सबैभन्दा धेरै चपेटामा परेको छ । त्यहाँ यो समाचार तयार पार्दा २१ हजार २०१ संक्रमितको मृत्यु भएको छ ।

यस्तै ओसियानामा १ हजार ११ जना संक्रमितको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष नाघ्दा विश्वभरका सक्रिय संक्रमितको संख्या १ करोड ७३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६ लाख ७ हजार ३५१ जनामा संक्रमण भएको छ । योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ७३ लाख ३० हजार २९२ पुगेको छ । यसमध्ये १ लाख ३ हजार ५३८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कुल संक्रमितको संख्या ६ करोड ७ लाख ४ हजार १९५ पुगेको छ । त्यसमध्ये ४ करोड १९ लाख ३७ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ७ : १० बजे

जन्मदिन मनाउँदै पूर्वराजा ज्ञानेन्द्रले भने- अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले नेपाल र नेपालीका लागि प्रार्थना

सुर्खेत उपत्यकाको उत्तरी जलाधार क्षेत्र संरक्षण गर्न आवश्यक : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेत उपत्यकाको उत्तरी जलाधार

डाक्टरको आन्दोलनले बिरामीलाई सास्ती (तस्बिरहरू)

काठमाडौं– उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति असहमति

हर्क साम्पाङ मात्र होइनन् श्रमअभियान्ता, राराका मेयर विष्णु भामले ढुङ्गा बोकेरै सम्पन्न गरे ७४ योजना

सुर्खेत – धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ जस्तै मुगुस्थित छायाँनाथ

ट्रम्प र नेतन्याहूबीच वार्ता हुँदै, इजरायल–हमास सम्झौता हुने आशा

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग