भारतको दक्षिणी क्षेत्रमा शक्तिशाली तुफान, सयौँ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण « Khabarhub

भारतको दक्षिणी क्षेत्रमा शक्तिशाली तुफान, सयौँ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको दक्षिणी क्षेत्रमा भारी वर्षापछि आएको शक्तिशाली तुफान ‘निवार’ले जनजीवन प्रभावित भएको छ ।

दक्षिण भारतको तमिलनाडु र पोन्डीचेरीको कयौं क्षेत्रहरुमा भारी वर्षा र तीव्र गतिको हावासँगै ‘निवार तुफान’ प्रवेश गरेको छ ।

तुफानबाट प्रभावित ती क्षेत्रका १ हजार घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

तुफानका कारण सडकहरु अवरुद्ध हुनुका साथै केही घरका छानाहरु उडाएका छन् । ठाउँ ठाउँमा सवारी साधनहरु रुखले थिचिएका छन् ।

भारतमा हरेक वर्ष आउने तुफानले एक सय भन्दा बढीको मृत्यु हुने गरेको छ ।

यो तुफान अहिले कमजोर हुँदै गए पनि खतरा भने नटरेको बीबीसी हिन्दीले जनाएको छ । तुफान हाल चेन्नई र महाबलीपुरमसम्म पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय मौसम विभागका अनुसार सो तुफान प्रतिघण्टा १ सय २० देखि १ सय ४५ किलोमिटरको दरले अघि बढिरहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ८ : ०९ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा