अपडेट : त्रिशूलीमा भ्यान खस्दा बेपत्ता भएका तीनमध्ये दुईको शव फेला « Khabarhub

अपडेट : त्रिशूलीमा भ्यान खस्दा बेपत्ता भएका तीनमध्ये दुईको शव फेला


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- त्रिशुली नदीमा पिकअप भ्यान खस्दा बेपत्ता भएका तीनमध्ये दुईको शव फेला परेको छ ।

नदीमा खसेको भ्यान भित्रबाटै दुई जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।

चालक प्युठानको झिमरुक गाउँपालिका १ का २३ वर्षीय सूर्य के.सी र ३३ वर्षीया जमुना रोक्काको शव पानीभित्र रहेको जीपबाट निकालिएको शसस्त्र प्रहरीका विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका एसपी मुराली बस्नेतले जानकारी दिए ।

१५ वर्षीया विरामी जिनिसा रोक्का भने अझै बेपत्ता छिन् । उनको खोजी जारी रहेको एसपी बस्नेतले बताए ।

प्यूठानबाट बिरामी लिएर काठमाण्डौ तर्फ गइरहेको लु १च ९७३१ नम्बरको पिकअप भ्यान चितवनको इच्छाकामना- ४ बाट विहान साढे ५ बजेतिर त्रिशुली  नदीमा खसेको थियो ।

उक्त दुर्घटनामा एक जना भने पौडिएर बाँच्न सफल भएका छन् । भ्यानमा सवार प्युठानका ३८ वर्षीय मुकुन्द बहादुर रोक्का नदीबाट पौडीएर बाँच्न सफल भएका हुन् । रोक्काको अवस्था अहिले सामान्य रहेको छ । उनको पूरानो मेडिकलकलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  १० : ३७ बजे

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी