विमानस्थलमा नेपालीमै बोल्दै भारतीय विदेश सचिवले भने- हाम्रो सम्बन्ध निकै मजबुत छ (भिडियोसहित) | Khabarhub Khabarhub

विमानस्थलमा नेपालीमै बोल्दै भारतीय विदेश सचिवले भने- हाम्रो सम्बन्ध निकै मजबुत छ (भिडियोसहित)


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय विदेशसचिव हर्षवद्र्धन श्रृंगला काठमाडौँ विमानस्थलमा अवतरण गर्ने बित्तिकै सञ्चारकर्मीसँग कुराकानी गरेका छन् ।

उनले नेपालीमा सम्बोधन गर्दै आफ्नो भ्रमणमा दुई देशबीचको सम्बन्ध अझै गाढा बढाउने विषयमा छलफल गरिने बताए ।

उनले आफू पहिले पनि काठमाडौँ आएको बताउँदै विदेशसचिवको हैसियतले यो पहिलो भ्रमण रहेको बताए ।

उनले नेपाल भारत मैत्री सम्बन्धका विषयमा भर्चुअल माध्यमबाट आफ्नो धारणा राख्ने, गोरखामा निर्माण भएका भवनको उद्घाटन गर्नेलगायतका कार्यक्रम रहेको बताए ।

विमानस्थलमा सम्बोधनका क्रममा श्रृंगलाले के भने ?

https://www.facebook.com/khabarhubofficial/videos/821154425329917

नेपालमा आएर मलाई निक्कै खुसी लागेको छ । म पहिला पनि काठमाडौँ आएको छु । तर, परराष्ट्र सचिवका रुपमा यो मेरो पहिलो भ्रमण हो ।

भारत र नेपाल निकटम मित्र हो । मेरो निक्कै मिटिङ हुन्छ आज । आजको मिटिङमा यो मित्रतालाई अझै गाढा बनाउने विषयमा छलफल हुनेछ ।

मेरो पहिलो मिटिङ परराष्ट्र सचिवसँग हुन्छ । त्यसपछि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग हुनेछ । अन्य व्यक्तित्वसँग पनि भेट हुन्छ । भेटको कार्यतालिका तपाईहरुलाई थाहा होला ।

भोलि नेपाल भारत मैत्री सम्बन्धका बारेमा धारणा राख्नेछु । त्यो भर्चुअल हुन्छ । त्यहाँ सबैजना सहभागि हुन सक्नुहुनेछ ।

म भोलि गोरखा पनि जान्छु । यहाँ हामीले ५० हजार घर बनाउने प्रतिबद्धता गरेका थियौँ । त्यसको अनुगमन गर्नेछु । त्यहाँ ४० हजार घर बनिसकेको छ ।

हाम्रो फोकस शिक्षामा पनि छ । तीनवटा विद्यालय पुनर्निर्माण गरेका छौँ । त्यो भोलि उद्घाटन हुनेछ ।

मनाङमा हामीले एउटा गुम्बा पुनर्निर्माण गरेका छौँ । त्यो पनि भोलि नै उद्घाटन हुनेछ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ११ : ५८ बजे

राष्ट्रसंघको मञ्चमा ट्रम्प आउँदै गर्दा बिग्रियो एस्केलेटर : भाषणअघि टेलिप्रम्प्टर बन्द, रूसका राजदूतले खिचे भिडियो

न्यूयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संयुक्त राष्ट्र महासभालाई सम्बोधन

इरानमा मृत्यु दण्डको सङ्ख्यामा वृद्धि

पेरिस – इरानमा सन् २०२५ को सुरुवातदेखि हालसम्म कम्तीमा एक

मन्त्रालयमै बस्न थाले शिक्षामन्त्री महावीर पुन (तस्बिरहरू)

काठमाडौं – शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनका लागि

करिब पाँच हजार जनामा डेङ्गी सङ्क्रमण

काठमाडौं – डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।