सबैखाले हिंसा अन्त्य हुनुपर्छ : खानेपानीमन्त्री मगर « Khabarhub

सबैखाले हिंसा अन्त्य हुनुपर्छ : खानेपानीमन्त्री मगर


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खानेपानीमन्त्री बीना मगरले लैङ्गिक हिंसाविरुद्ध समाज एकबद्ध भएर अगाडि बढ्नुपर्ने बताएकी छन् ।

बुधबार पुनर्वास नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले हिंसारहित समाज निर्माणका लागि समाजका हरेक तप्काले एकबद्ध भएर अगाडि बढ्नुको विकल्प नरहेको बताइन ।

समतामूलक समाज निर्माण भएपछि मात्रै विकास र समृद्धि आउन सक्ने उनको भनाइ थियो । समुन्नत समाज निर्माणका लागि सबैखाले हिंसाको अन्त्य हुनुपर्ने उनले बताइन ।

चुनावका बेला गरेका प्रतिबद्धताअनुरूपका कार्य अगाडि बढाइएको चर्चा गर्दै उनले अधुरा विकास निमार्णका योजना सम्पन्न गर्नका लागि सक्दो पहल भइरहेको बताइन ।

‘विकास निर्माणको कार्यमा राजनीति गरिनु हुँदैन’, उनले भनिन्, ‘विकास सबैका लागि हो । सबैले हातेमालो गरी अगाडि बढाउनुपर्छ ।’

सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा पुर्‍याउने लक्ष्य लिइएकोमा जोड दिँदै उनले यसका लागि खानेपानीका केही आयोजना पूरा भएको र केही आयोजना निर्माणाधीन अवस्थामा रहेको बताइन ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  २ : ०५ बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा