काठमाडौंमा महिला हिंसा कम छन्, सबै मिलेर शुन्यमा झारौँ– मेयर शाक्य | Khabarhub Khabarhub

काठमाडौंमा महिला हिंसा कम छन्, सबै मिलेर शुन्यमा झारौँ– मेयर शाक्य


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिजोदेखि महिला हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ ।

यस अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाले आज राष्ट्रियसभा गृहमा ‘लैङ्गिकतामा आधारित हिंसा’ सम्बन्धि एक दिने अन्तरक्रिया सम्पन्न गरेको छ ।

राष्ट्रिय सभा गृहमा आयोजना गरिएको अन्तरक्रियामा बोल्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले, तुलनात्मक रुपमा काठमाडौंमा हिंसाका घटना कम भएको उल्लेख गरे ।

‘भित्रभित्रै हिंसा भएका हुन सक्छन् । सबै मिलेर ती हिंसालाई शुन्य बनाउनुपर्छ,’ मेयर शाक्यले भने, ‘आर्थिक र सामाजिक हिसाबले मिश्रित बसोबास काठमाडौंको चरित्र हो । सहरमा गरीब बस्ती पनि छ । पारिवारिक अवस्था र अभावजस्ता कारणले यस्ता ठाउँमा हिंसाको बढी सम्भावना रहन्छ । समृद्ध परिवारमा शारीरिक नभए पनि मानसिक हिँसा हुन सक्छ । यी सबै खालका हिंसा अन्त्यका लागि सबै मिलेर काम गर्नुपर्छ । न्यायिक समितिमार्फत यस्ता घटनाका महानगरले प्रत्यक्ष सरोकार राखेको छ ।’

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले काठमाडौंका टोलटोलमा हिंसाका अवस्थाका बारेमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने बताए।

‘आमसञ्चारमा आएका सबै विषय समुदायका मानिसले पढ्न, हेर्न र सुन्न नपाउन सक्छन् । त्यसैले माइकिङ् गरेर उहाँहरुलाई अवस्था र गर्नुपर्ने कामका बारेमा जानकारी गराउने अभियान चलाउन म सामाजिक बिकास बिभागलाई आग्रह गर्दछु,’ उनले भने, ‘आर्थिक, सामाजिक, राजनीति परिवेशअनुसार हिंसाका घटना फरक हुन सक्छन् । यी तथ्यलाई हेरेर काठमाडौंलाई उपयुक्त हुने कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’

सामाजिक वा निजी जीवनमा लैङ्गिकताका आधारमा हिंसा हुने गरेकोले यस्ता घटनामा कमी ल्याउन अभियानले ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

अन्तरक्रियामा बोल्दै सामाजिक विकास विभागका प्रमुख दीपक अधिकारीले भने, ‘महिला, पुरुष वा तेस्रो लिङ्गी भएकै कारण भेदभाव, अपमान, दुर्व्यवहार, शारीरिक, मानसिक, भावनात्मक वा यौनजन्य पीडा सबै हिंसा हुन् । कानुनले यी सबै प्रकारका गतिबिधिलाई अपराध मानेको छ ।’

अन्तरक्रियामा अधिवक्ता मीरा ढुङ्गानाले ‘महिलामाथि हुने बिभिन्न खालका हिंसा र कानुनी प्रावधान’ र ‘नेपालमा महिला अधिकार र कार्यान्वयनको अवस्था’ गरी २ वटा विषयमा कार्यपत्र प्रस्तुत गरिन् ।

कार्यपत्र प्रस्तुत गर्दै उनले भनिन्, ‘केही राम्रा कामको थालनी भएको छ । केही हुने चरणमा छन् । त्यस्तै केही थालनी गर्नुपर्छ ।’

नेपालमा बोक्सीको आरोप, महिनावारी र सुत्केरी सम्बन्धि मूल्य मान्यता, गाली, बेइज्जती, छुवाछुत, दाइजो, लिङ्ग पहिचानबाट गरिने भ्रुण हत्याजस्ता हिंसा धेरै हुने गरेको तथ्याङ्कले देखाउँछ ।

यसप्रकारका अपराध हुन नदिन नेपालको संविधानले बिभिन्न अधिकारको व्यवस्था गरेको छ । महिलाको हक, शोषण विरुद्धको हक, छुवाछुत र भेदभाव विरुद्धको हक, समानताको हक, न्याय सम्बन्धि हक, अपराध पीडितको हक, बालबालिकाको हकलाई मुख्य रुपमा लिन सकिन्छ ।

सन् १९९१ देखि हरेक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म बिभिन्न कार्यक्रमका साथ यो अभियान सञ्चालन हुँदै आएको छ । लिङ्गका आधारमा हुने सबै प्रकारका हिंसा र अपराध हटाएर समानतामा आधारित समाज निर्माण गर्नु यस अभियानको मुख्य लक्ष्य हो ।

यस वर्ष मंसिर १० गतेदेखि २५ गतेसम्म मनाइने अभियानको नारा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ रहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  १ : ५२ बजे

हेटौँडाको न्यायिक समितिमा एक वर्षमा १४३ उजुरी फर्छ्यौट

बागमती– हेटौँडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समितिले एक वर्षमा १४३

मापदण्डविपरीत सञ्चालित उद्योगलाई कारबाही

सिरहा– लहानमा मापदण्डविपरीत सञ्चालन भएका पिउने पानी प्रशोधन उद्योग कारबाहीमा

सन्तान बेवारिसे छोड्ने घटनाले जन्माएको प्रश्न- दोषीलाई कानूनले किन चिन्दैन ?

काठमाडौं – एक किशोरीले आफू बेपत्ता भएको १४ वर्षपछि आफ्नो

भूकम्पपछि रुसको कुरिल द्वीपसमूहमा सुनामी

काठमाडौं– प्रशान्त महासागरमा आएको शक्तिशाली भूकम्पपछि बुधबार बिहान रुसको उत्तरपूर्वी

बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदै

हेटौँडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि