मेगा बैंकले ल्यायो कन्ट्याकलेस डेबिट कार्ड, २ हजारसम्मको भुक्तानी गर्न सकिने « Khabarhub

मेगा बैंकले ल्यायो कन्ट्याकलेस डेबिट कार्ड, २ हजारसम्मको भुक्तानी गर्न सकिने


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेगा बैंक नेपालले कार्ड प्रयोगकर्ताहरुका लागि कन्ट्याकलेस् (नियर फिल्ड कम्युनिकेसन-एनएफसी) भुक्तानी सेवा सुरु गरेको छ । प्रविधिलाई आत्मसात गर्दै बैंकिङ सेवा प्रदान गरिरहेको मेगा बैंकले कार्ड प्रयोगकर्ता ग्राहकहरुका लागि कन्ट्याकलेस भुक्तानी सेवा सुरु गरेको हो ।

कन्ट्याकलेस भुक्तानी धेरै सरल र सहज भुक्तानी सेवा हो । जसमा कार्डलाई एनएफसी भएको पीओएस मेसिनमा नराखी रकम भुक्तानी गर्न सकिन्छ । एनएफसी जडान गरिएको कुनै पनि मेसिनमा यस सेवाको प्रयोग गर्न सकिने बैंकले जनाएको छ । कार्ड नराखी मेसिनले एउटा सीमित दुरीमा रहेर कार्डको डाटा लिएर भुक्तानी प्रकृया अगाडि बढाउने बैंकले जनाएको छ ।

ग्राहकलाई विश्व स्तरीय बैंकिङ अनुभव दिनको यो नयाँ टेक्नोलोजी भित्र्याइएको मेगा बैंककी सीइओ अनुपमा खुञ्जेलीले बताइन् । साथै, यस टेक्नोलोजी मार्फत बैंकले २ हजार रुपैयाँसम्मको भुक्तानी गर्न सक्ने उनले जानकारी गराइन् ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  १२ : ४९ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन