काठमाडौं उपत्यकामा थपिए ७८५ कोरोना संक्रमित  « Khabarhub

काठमाडौं उपत्यकामा थपिए ७८५ कोरोना संक्रमित 


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३७ महिला र ४४८ महिला गरी ७८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै उपत्यकामा स‌क्रमितको संख्या १ लाख ६ हजार ३०२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६२०, ललितपुरमा ११४ र भक्तपुरमा ५१ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, आज काठमाडौंमा ४ र ललितपुर ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा मात्र ८५ हजार ७७२ जना संक्रमित भएका छन्, जसमध्ये ३३९ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७७ हजार ७८९ छ।

ललितपुरमा १२ हजार ८०४ जना संक्रमित भएका छन्। जसमा ९६ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार २१४ जना निको भएका छन्।

भक्तपुरमा ७ हजार ७२६ संक्रमितमध्ये ८९ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार ४८ जना निको भइसकेका छन्।

मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा ७ हजार ६६४, ललितपुरम १ हजार ४९४ र भक्तपुरमा ५८९ जना संक्रमित रहेका छन ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ५ : १० बजे

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका