देशभर २४ घण्टामा १६१४ कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित) « Khabarhub

देशभर २४ घण्टामा १६१४ कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित)


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १६१४ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १ हजार ४३७ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ।

हालसम्म देशभर १६ हजार ७ सय ९३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म मुलुकभर कोरोनाले १ हजार ४१२ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

कहाँ कति संक्रमित थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा २, उदयपुरमा ६, ओखलढुंगामा १, खोटाङमा २, झापामा ७६, धनकुटामा ५, पाँचथरमा ३, भोजपुरमा ३, मोरङमा १ सय ५३, संखुवासभामा २, सोलुखुम्बुमा १ र सुनसरीमा ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रदेश २ को धुनषामा ५, पर्सामा १, बारामा ३, महोत्तरीमा ४, रौतहटमा १, सप्तरीमा ७, सर्लाहीमा ५ र सिरहामा ४ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै  बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय २० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १५, चितवनमा ५२, दोलखामा ४, धादिङमा ७, नुवाकोटमा ४, भक्तपुरमा ५१, मकवानपुरमा १७, रसुवामा १, रामेछापमा ५, ललितपुरमा १ सय १४, सिन्धुलीमा ४ र सिन्धुपाल्चोकमा ९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ४०, गोरखामा ८, तनहुँमा ११, नवलपरासी पूर्वमा ५१, पर्वतमा १, वागलुङमा ६ र स्याङजामा ८ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ११, कपिलवस्तुमा १, गुल्मीमा ७, दाङमा ५७, नलवपरासीमा ७, पाल्पामा ११, प्यूठानमा ३, बर्दियामा १०, बाँकेमा २३, रोल्पामा ७ र रुपन्देहीमा ४१ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको जुम्लामा १, दैलेखमा ४, रुकुम पश्चिममा १, सल्यानमा ४ र सुर्खेतमा ५ मात्र कोरोना भेटिएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा १४, कैलालीमा २८, डडेल्धरामा ६, बझाङमा १९ र बैतडीमा १ जनामा कोरोना भाइरसको स‌क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ५ : ३९ बजे

प्रधानमन्त्री शाहले आज उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी

मुस्ताङबाट २२ हजार केजी फोहर सङ्कलन

मुस्ताङ– जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष,

जेनजी आन्दोलनमा ध्वस्त गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र खण्डहर बन्दै

ललितपुर– ललितपुरको गोदावरीस्थित सरकारी सभा सम्मेलनका लागि निर्माण गरिएको सनराइज

बेलौरीका किसानलाई अनुदानमा आधुनिक कृषि उपकरण

कञ्चनपुर– कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिकाले ५०

पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

काठमाडौँ– वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास