देशभर २४ घण्टामा १६१४ कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित) « Khabarhub

देशभर २४ घण्टामा १६१४ कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित)


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १६१४ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १ हजार ४३७ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ।

हालसम्म देशभर १६ हजार ७ सय ९३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म मुलुकभर कोरोनाले १ हजार ४१२ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

कहाँ कति संक्रमित थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा २, उदयपुरमा ६, ओखलढुंगामा १, खोटाङमा २, झापामा ७६, धनकुटामा ५, पाँचथरमा ३, भोजपुरमा ३, मोरङमा १ सय ५३, संखुवासभामा २, सोलुखुम्बुमा १ र सुनसरीमा ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रदेश २ को धुनषामा ५, पर्सामा १, बारामा ३, महोत्तरीमा ४, रौतहटमा १, सप्तरीमा ७, सर्लाहीमा ५ र सिरहामा ४ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै  बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय २० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १५, चितवनमा ५२, दोलखामा ४, धादिङमा ७, नुवाकोटमा ४, भक्तपुरमा ५१, मकवानपुरमा १७, रसुवामा १, रामेछापमा ५, ललितपुरमा १ सय १४, सिन्धुलीमा ४ र सिन्धुपाल्चोकमा ९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ४०, गोरखामा ८, तनहुँमा ११, नवलपरासी पूर्वमा ५१, पर्वतमा १, वागलुङमा ६ र स्याङजामा ८ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ११, कपिलवस्तुमा १, गुल्मीमा ७, दाङमा ५७, नलवपरासीमा ७, पाल्पामा ११, प्यूठानमा ३, बर्दियामा १०, बाँकेमा २३, रोल्पामा ७ र रुपन्देहीमा ४१ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको जुम्लामा १, दैलेखमा ४, रुकुम पश्चिममा १, सल्यानमा ४ र सुर्खेतमा ५ मात्र कोरोना भेटिएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा १४, कैलालीमा २८, डडेल्धरामा ६, बझाङमा १९ र बैतडीमा १ जनामा कोरोना भाइरसको स‌क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ५ : ३९ बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा