नागरिकमैत्री बनाउन सूचनाको पारदर्शीता जरूरी : प्रमुख सूचना आयुक्त गुरूङ « Khabarhub

नागरिकमैत्री बनाउन सूचनाको पारदर्शीता जरूरी : प्रमुख सूचना आयुक्त गुरूङ


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा- राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले नागरिकमैत्री नगर बनाउनका लागि सूचना पारदर्शी गर्न आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय सूचना आयोगको आयोजना तथा नमोबुद्ध नगरपालिकाको समन्वयमा शुक्रबार काभ्रेपलाञ्चोकको भकुण्डेबेँशीमा आयोजना गरिएको स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, समुदाय र समूहका लागि ‘सूचनाको हकसम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा उनले नागरिकले मागेको सूचना उपलब्ध गराउनु नगरको दायित्व भएको बताए ।

सूचना मागेको कारणबाट नभई पारदर्शिता होस् भन्ने हिसाबबाट पनि कहिलेकाहीँ राष्ट्रिय सूचना आयोगले आदेशसमेत गर्ने गरेको उनको भनाइ छ ।

‘सूचना दिएर बिग्रने होइन,  मागेपछि दिनुपर्छ’, उनले भने, ‘सूचना दिनु भनेको हामीले गरेको काम नागरिकले परीक्षण गर्ने अवस्था सिर्जना गर्नु हो, त्यो अवसर नागरिकलाई दिनुपर्छ ।’

नमोबुद्ध नगरपालिका प्रमुख टङ्कप्रसाद तिमल्सिनाले नगरपालिकामा जो कोहीले सूचना माग्न आए पनि आधा घण्टाभित्रमा अवस्थाअनुसार सूचनाको उपलब्धतालाई छिटो र सहज बनाउन सूचना अधिकारीलाई निर्देशन दिएको बताए ।

आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीले नागरिकलाई आफूले तिरेको कर कहाँ कसरी खर्च भयो भन्ने जानकारी पाउने अधिकार भएकाले सूचनाको हकलाई सुनिश्चित गर्न आग्रह गरे । सूचनाको हकसम्बन्धी व्यवस्थाले सरकारलाई पारदर्शी र उत्तरदायी बनाउने उनको भनाइ छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नागरिकलाई सूचनाको हक प्रदान गर्न सधैँ तयार रहेको बताए ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ७ : ५५ बजे

हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्रलाई भने- ‘जनतालाई धेरै दुःख नदिनु’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद हर्कराज राई

थापाथलीको सुकुमबासी बस्तीमा चल्यो डोजर (तस्बिर)

काठमाडौँ– सरकारले काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर चलाइएको छ ।

आईसीसी लिग–२ : युएईले बलिङ रोज्दा नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत नेपाल, युएई र ओमानबीचको

आगलागीमा एक जनाको मृत्यु

कैलाली– कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडस्थित एक लजमा गए राति आगलागी

प्रहरीको तैनाथी बढेपछि बस्ती खाली गर्दै सुकुमबासीहरू (तस्बिर)

काठमाडौँ– सरकारले थापाथलिस्थित अतिक्रमित क्षेत्र (सुकुमबासी बस्ती) डोजर लगाएर खाली