महिला प्रधानमन्त्री कप आजदेखि « Khabarhub

महिला प्रधानमन्त्री कप आजदेखि


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङ लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने महिला प्रधानमन्त्री कपको तयारी पूरा भएको छ । लुम्बिनी प्रदेशको प्रतिष्ठासँग जोडिएर हेरिएको प्रतियोगिताको तयारी पूरा भएको लुम्बिनी प्रदेश क्रिकेट संघले जानकारी गराएको छ ।

प्रतियोगिताको पूर्वसन्ध्यामा अहिले मैदान प्रतियोगिताका लागि तयारी अवस्थामा रहेको छ । विशेष माटो प्रयोग गरेर तीन वटा पिच तयारी अवस्थामा रहेको छ । त्यसअघि आउट फिल्डलाई पनि राम्रोसँग ब्यबस्थापन गरिएको छ । ब्यबस्थापनका हिसावले पनि अन्य काम सकिसकेका छन् । यसैबीच आयोजनाको जिम्मेवारी प्राप्त गरेको लुम्बिनी क्रिकेट संघका अध्यक्ष दुर्गाबहादुर थापा मगरले प्रतियोगितालाई लिएर उत्साहित रहेको र प्रतियोगिताको आयोजनालाई लिएर न्यान्य गर्ने बताएका छन् ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोट्र्स टेलिभिजनले गर्नेछ । यता प्रतियोगितामा ७ प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता रहनेछ । जसलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत समूह ‘ए’मा विभागीय नेपाल एपीएफ क्लब, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् । भने समूह ‘बी’मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश १ रहेको छ ।

प्रतियोगिताको लागि सबै टोली लमही पुगिसकेका छन् । उद्घाटन खेलमा लुम्बिनीले प्रदेश २ को सामना गर्नेछ । प्रतियोगिताको लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसरी समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलका दुवै खेल १७ गते हुनेछ । प्रतियोगिताको फाइनल खेल १९ गते हुनेछ ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ११ : ०५ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक