प्रदर्शनमा सहभागी बन्न सभापति देउवाको अपिल « Khabarhub

प्रदर्शनमा सहभागी बन्न सभापति देउवाको अपिल


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध यही पुस १३ गते कांग्रेसले आयोजना गरेको प्रदर्शनमा सहभागिताका लागि सबैमा अपिल गरेका छन् ।

कांग्रेसले संसद् विघटनविरुद्ध १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गर्ने निर्णय गरेको छ । उनले आज एक अपिल जारी गर्दै पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर उक्त कदमका विरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गरेका थिए ।

सो कार्यविरुद्ध कांग्रेस सम्पूर्णरुपले एकमत साथ उभिएको उल्लेख गर्दै उनले जारी केन्द्रीय कार्यसमितिको बैठकमा आफैँले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर केन्द्रीय कार्यसमितिको निर्णयपश्चात अहिले सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित रहेको बताए ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ३ : ०८ बजे

सरकारलाई गायिका एलिनाको प्रश्न : ज्यान जानुको जिम्मेवार को ?

काठमाडौं – तराई मधेशमा फैलिएको तनावमा चार जनाले ज्यान गुमाएपछि

एसएसपीदेखि एआईजीसम्मका १५ उच्च प्रहरी अधिकृतलाई तराई-मधेशमा पठाइयो 

काठमाडौं– तराई–मधेशमा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थाको मूल्यांकन गर्दै नेपाल

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 

काठमाडौं– मधेशवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी