विघटित प्रतिनिधिसभा सदस्य लामाले छाडे ओली समूह « Khabarhub

विघटित प्रतिनिधिसभा सदस्य लामाले छाडे ओली समूह


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विघटित प्रतिनिधिसभामा हुम्लाबाट निर्वाचित सांसद छक्कबहादुर लामाले नेकपा (ओली समूह) को केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य परित्याग गरेका छन् ।

शनिबार विज्ञप्ति जारी गर्दै लामाले हुम्लावासी जनता, कार्यकर्ताको सल्लाह, सुझाव र भावनालाई सम्बोधन गरी ओली नेतृत्वको नेकपा महाधिधिवेशन आयोजक समितिको सदस्य पद परित्याग गरी नेकपा (प्रचण्ड-नेपाल) संगठनमा यथावत् रहेको प्रस्ट पारेका हुन् ।

उनले विचलित नभई प्रचण्ड-नेपालको मूल पार्टी नेकपामा एकताबद्ध भएर बस्न समेत विज्ञप्तिमार्फत अनुरोध गरेका छन् ।

यसअघि उनले आफ्नो हस्ताक्षरको दुरुपयोग भएको आरोप लगाउँदै आफू ओली समूहमा रहेको बताएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्तावका लागि संकलित हस्ताक्षरमा आफ्नो हस्ताक्षरको दुरुपयोग भएको लामाले आरोप लगाएका थिए ।

गत सोमबार प्रधानमन्त्रीले बोलाएको भेलामा समेत उनी सहभागी भएका थिए ।

लामाद्वारा जारी विज्ञप्ति यस्तो छ-

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ५ : २६ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी