प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र हुँदा यो अवस्था आएको हो : मन्त्री रायमाझी « Khabarhub

प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र हुँदा यो अवस्था आएको हो : मन्त्री रायमाझी


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र भएकै कारण देशमा राजनीतिक अस्थिरता निम्तिएको बताएका छन् ।

ललितपुरको टौखेलमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले आन्दोलनबाटभन्दा सहमतिमा सरकारको काममा सहयोग गर्न विपक्षीहरुलाई आग्रह गरे ।

आन्दोलनबाट भन्दा सहमतिबाट अघि बढ्दा मुलुकको हित हुने उनको भनाइ थियो ।

कार्यक्रममा नेकपाको ओली पक्षका केन्द्रीय सदस्यहरु सुशीला नेपाल, हरिकृष्ण व्यञ्जनकार, मोहन बस्नेत, मधुसुदन पौडेल, सुरेन्द्र मोहन शर्मा बजगाईं, नवराज सिलवाललगायतले प्रधानमन्त्री ओलीको बचाउ गर्दै संसद विघटनमा जानु उनको बाध्यता भएको बताएका थिए ।

कार्यक्रममा अब आउने बैशाख १७ गते र २७ गते हुने निर्वाचनमा सक्रिय सहभागी हुन कार्यकर्ताहरुलाई निर्देशन समेत दिइएको थियो ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ५ : ४१ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी