हेटौँडामा बस दुर्घटना हुँदा एकको मृत्यु, ८ घाइते  | Khabarhub Khabarhub

हेटौँडामा बस दुर्घटना हुँदा एकको मृत्यु, ८ घाइते 


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर-  हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत बस्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ यात्रु घाइते भएका छन् ।

हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ४६०९ नम्बरको बस  दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस दुर्घटनामा लमजुङ सुन्दरबजार नगरपालिका–८ का ३२ वर्षीय हरि गौलीको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका गौलीको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

तीव्रगतिका कारण बस पल्टिएर दुर्घटना भएको बताइएको छ । घाइते सबैको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । बसमा १८ जना सवार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ६ : ३३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’